+

दिउँसो सुत्ने बानी, के छ हानि ?

२०८० पुष  १० गते १४:२३ २०८० पुष १० गते १४:२३
Shares
दिउँसो सुत्ने बानी, के छ हानि ?

खाना, पानी, हावा जतिकै अपरिहार्य मानिन्छ निद्रालाई पनि । गहिरो निद्राका लागि राती ७-८ घण्टा सुत्नुपर्छ । राती नै किन ? यसका केही कारण छन् ।

यद्यपि हामीमध्ये कतिपय दिउँसो सुत्ने गर्छौं । यसरी दिउँसो सुत्नेहरु दुईथरी हुन्छन्, एउटा रात्रिकालिन काम गर्नेहरु, अर्को दिउँसो फुर्सदमा आरम गर्नेहरु ।

चिकित्सक, नर्स, चालक, सेक्युरिटी गार्ड पेशा-व्यवसाय गर्नेहरुमध्ये कतिपयको ड्युटी रात्रिकालिन हुन्छ । उनीहरु राती काम गर्छन् र दिउँसो सुत्छन् । त्यसबाहेक अरु कति व्यक्ति हुन्छन् जसको दिउँसो सुत्ने बानी नै हुन्छ । खासगरी बिहानको खाना खाइसकेपछि सुत्ने गर्छन् ।

अवस्था, बाध्यता अनुसार त दिउँसो सुत्नु नै पर्‍यो । तर, यसलाई बानीकै रुपमा विकास गर्नु त्यती उचित हुँदैन ।

जब सूर्यअस्त हुन्छ तब विश्रामको समय आउँछ । दिनभर काम गर्छौं, खान्छौं, खेल्छौं, बोल्छौं, हिँडडुल गर्छौं । २४ घण्टाको यो समय-चक्रमा हामी जति सक्रिय हुन्छौं उत्तिनै जरुरी हुन्छ विश्रामको पनि ।

अतः विश्रामका लागि रातको समय अर्थात सूर्योअस्तपछि उपयुक्त हो । सामान्य अनुमान गर्न सकिन्छ, यो चराचर जगतमा अधिकांश प्राणी दिनभर जागा रहन्छ र राती निदाउँछ । उनीहरुले राती सुत्नुपर्छ भनेर पक्कै सुतेका होइनन् । यो प्रकृतिको विधान हो ।

सुत्नु र उठ्नुसँग समय अझ भनौं घडीको पनि खास अर्थ हुन्छ । कुन समयमा सुत्ने, कुन समयमा उठ्ने भन्ने कुरा हाम्रो शरीरले स्वयम्ले तय गरेको हुन्छ । यसकारण त राती निद्रा लाग्ने गर्छ । यसका लागि शरीरले रातकै समयमा विभिन्न हर्मोन पैदा गर्छ ।

राती अर्थात अँध्यारोमा हाम्रो शरीरले एक किसिमको हर्मोन पैदा गर्छ, मेलाटोनिन । यो हर्मोनको काम निद्रा व्यवस्थापन गर्नु हो । जबकि यो हर्मोन दिउँसोको समयमा त्यती धेरै पैदा हुँदैन ।

हाम्रो शरीरको आफ्नै घडी हुन्छ, जैविक घडी । शरीरको जैविक घडी दिन र रातको चक्र अनुरुप तय हुन्छ । २४ घण्टाको अवधिमा मान्छेको शरीरभित्र के–के हुन्छ ? कसरी शरीरले काम गर्छ भन्ने कुरालाई आधार बनाएर जैविक घडीको अवधारणा ल्याइएको हो । यस अन्र्तगत हरेक घण्टा, मिनेटमा शरीरभित्र फरक फरक किसिमको परिवर्तन भइरहेको हुन्छ । यही परिवर्तनअनुसार हामीलाई भोक लाग्ने, तिर्खा लाग्ने, अल्छी लाग्ने, उर्जा जाग्ने, विश्राम गर्न मन लाग्ने, काम गर्न जाँगर चल्ने हुन्छ ।

शरीरको जैविक घडी अनुसार कुन समयमा शरीरले के खोज्छ भन्नेकुराको पनि अध्ययन भएको छ । सोही अनुसार हामीले सही समयमा सही काम गर्नु जरुरी हुन्छ । जस्तो निद्राको पनि निश्चित समय तालिका छ, हाम्रो शरीरले तय गरेको । जब हामी सो समय तालिकामा सुत्ने, निदाउने गर्दैनौं सोको क्रमभंग हुनपुग्छ । यसले गर्दा निद्रामा गडबडी आउँछ । निद्रा गडबड हुनु भनेको स्वास्थ्य गडबड हुनु हो ।

जैविक घडी अनुसार राती खासगरी ११–१२ बजेको समयमा जागा रहनु भनेको पित्त विकार, अनिद्रा, नेत्ररोग, कलेजोरोग र बुढ्यौलीलाई बढाव दिनु हो ।

दिउँसो सुत्ने बानी
प्रा. डा. सरोज ओझा
लेखक
प्रा. डा. सरोज ओझा
मानसिक रोग विशेषज्ञ

प्रा. डा. ओझा हाल काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभागका प्रमुख हुन् । उनको नेपाल मेडिकल काउन्सिल नम्बर १७२४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू

रुघाखोकीदेखि थकानमा समेत राहत दिने हर्बल चिया, ८ विकल्प

रुघाखोकीदेखि थकानमा समेत राहत दिने हर्बल चिया, ८ विकल्प

‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण

‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण

बिहान खाली पेटमा के खाने, उत्तम विकल्प के हो ?

बिहान खाली पेटमा के खाने, उत्तम विकल्प के हो ?