+

चुरोट खानेले गर्नैपर्छ यी ५ परीक्षण

२०८० पुष  २२ गते १३:५५ २०८० पुष २२ गते १३:५५
Shares
चुरोट खानेले गर्नैपर्छ यी ५ परीक्षण

हाम्रो शरीरको यस्तो अंग छैन, जहाँ चुरोटको धुवाँले असर नगरोस् । यसले फोक्सो वा श्वासनलीमा मात्र होइन, मुटुमा, रगतमा, मस्तिष्कमा सबैतिर असर गर्छ ।

त्यही अनुसार चुरोटको सर्को तान्नेहरुमा अनेक रोगको जोखिम छ । यसले दम, रक्तचाप, डिमेन्सिया बढाउनेदेखि क्यान्सरसम्म गराउन सक्छ । फोक्सो, श्वासनली, घाँटीको क्यान्सर गराउनेमा धुम्रपान एक प्रमुख कारण मानिन्छ । यसैगरी अन्य क्यान्सरका लागि पनि यो कारक मानिएको छ ।

त्यसैले चुरोटको सर्को लिनेहरुले आफ्नो स्वास्थ्यप्रति एकदमै सजग हुन जरुरी छ ।

चुरोट खाने मान्छेले गर्न आवश्यक पाँच परक्षण

एक्सरे : चुरोटको धुवाँले सोझै फोक्सोमा असर गर्छ । त्यसैले फोक्सोको अवस्था कस्तो छ ? केही खराबी छ कि छैन भनेर एक्स-रे गराउन सकिन्छ । दम छ देखिएको छ कि छैन ? फोक्सोको क्यान्सर देखिएको छ कि छैन ? हेर्नको लागि एक्स-रे गर्न सकिन्छ । केही समस्या भएको अवस्थामा तुरुन्तै उपचार गर्न सकिन्छ ।

खकार जाँच : चुरोटको सर्को लिने मानिसलाई क्षयरोग, क्यान्सर हुने जोखिम बढी हुन्छ । त्यसकारण क्षयरोग र क्यान्सरको समस्या छ कि छैन भनेर खकार परिक्षणबाट थाहा पाउन सकिन्छ । चुरोट पिउने मान्छेले खकारको जाँच गराउनुपर्छ ।

स्पाइरोमेट्री परक्षण : चुरोटले प्रत्यक्ष फोक्सोलाई असर गर्ने भएकाले फोक्सोको निश्चित अवस्था थाहा पाउन स्पाइरोमेट्री परीक्षण गर्न सकिन्छ । स्पाइरोमिटर यन्त्र प्रयोग गरेर यो जाँच गरिन्छ । चुरोट खाने मान्छेमा छाती घ्यारघ्यार हुने, श्वासप्रश्वासमा समस्या हुने र खोकी लाग्ने, खकार आउने समस्या हुन्छ । यसले दम हो कि होइन भनेर पुष्टि गर्छ । फोक्सोको निश्चित अवस्थाको निदान र निगरानी गर्न मद्दत गर्न यो परीक्षण गरिन्छ ।

सुगर र कोलेस्टेरोल परक्षण : चुरोट पिउने मान्छेले रगतमा सुगर र कोलेस्टेरोलको जाँच गराउनुपर्छ । यसले हृदयघात र मस्तिष्कघातबाट जोगाउन मद्दत गर्छ । किनकि चुरोटको धुवाँले धमनीमा खराब कोलेस्टेरोल जम्मा भएर रक्तनली साँघुरिने गर्छ । जसले गर्दा मुटुमा रक्तप्रवाह राम्रोसँग हुन सक्दैन । यसले गर्दा मुटु फेल खान्छ । शरीरलाई चाहिने रगत र अक्सिजन पर्याप्त मात्रामा पुर्‍याउन सक्दैन । रगतमा सुगर बढ्ने, उच्च रक्तचाप हुने र हृदयघात र मस्तिष्कघात समेत हुने जोखिम बढी हुन्छ ।

मुटुको इसजी : चुरोट पिउने मान्छेले मुटुको इलेक्ट्रोकार्डियोग्राम (इसीजी) जाँच गराउनुपर्छ । यसले मुटु स्वस्थ अर्थात् निरोगी छ कि छैन ? मुटुमा कुनै किसिमको दवाब छ कि छैन ? मुटुले राम्रोसँग काम गरिरहेको छ कि छैन ? भनेर थाहा पाइन्छ । यसले गर्दा चुरोटबाट मुटुसम्बन्धी हुने विभिन्न समस्याबाट जोगिन सकिन्छ । सामान्यतया वयस्क निरोगी मानिसको मुटु एक मिनेटमा ६० देखि १०० पटक जति मुटु फुल्ने र खुम्चिने गर्छ भने स्वस्थ मानिन्छ ।

यसबाहेक लक्षणअनुसार स्वास्थ्य परीक्षण गराउन सकिन्छ । विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय विज्ञहरुले माथि उल्लेख गरिएको जाँचहरुलाई स्क्रिनिङको रुपमा जाँच गर्नु भनिएको छैन । बरु कसैलाई लक्षण देखिएको छ र ४० वर्ष नाघिसकेको छ, लामो समयदेखि चुरोट खाइराख्ने बानी छ भने यी परीक्षण गर्न आवश्यक छ । जसले रोगलाई समयमा उपचार गर्न सकिन्छ । तर चुरोट पनि खाँदै गर्ने र यी जाँच पनि गर्दै गर्ने अर्थात् स्क्रिनिङको रुपमा सिफारिसयुक्त जाँच भने होइन ।

त्यस्तै रक्सी र चुरोटसँगै सेवन गर्दा १० गुणा बढी हानि गर्छ । त्यस्तै एक सर्को हुक्काले सयवटा चुरोट बराबर असर गर्छ । चुरोटको विकल्पमा आजभोलि ईसिगरेट पिउने गरिन्छ । यसले पनि फोक्सोलाई नराम्रो असर पुर्‍याउँछ ।

चुरोटको असर तत्काल देखिंदैन । लामो समय अर्थात् वर्षौंपछि मात्र यसको असर देखिन्छ । त्यसैले तत्काल जाँच गर्दाखेरि केही समस्या नदेखिएपनि पछि हुने सम्भावना प्रबल हुन्छ । त्यसैले जति सक्दो चाँडो चुरोटबाट टाढा बस्नु नै उचित हुन्छ ।

चुरोट स्वास्थ्य परीक्षण
डा. नवीनकुमार मिश्र
लेखक
डा. नवीनकुमार मिश्र
फोक्सो तथा दमरोग विशेषज्ञ 

मेडिकल काउन्सिल दर्ता नम्बर : ८५९७ एमडी, फेलो अमेरिकन कलेज अफ चेस्ट फिजिसियन (एफसीसीपी) र फेलो एसियन प्यासिफिक सोसाइटी अफ रेस्पिरोलोजी (एफएपीएसआर) हाल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सबएराक्नोइड हेमरेज’ कसरी अचानक मृत्युको कारण बन्नसक्छ ?

‘सबएराक्नोइड हेमरेज’ कसरी अचानक मृत्युको कारण बन्नसक्छ ?

युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

नेपालको दैलोमा निपा भाइरस

नेपालको दैलोमा निपा भाइरस

कसरी हुन्छ क्यान्सर  ? रोकथामका लागि अपनाउनुपर्ने  १० उपाय

कसरी हुन्छ क्यान्सर ? रोकथामका लागि अपनाउनुपर्ने १० उपाय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?