+
+

८ गोल भएको मड्रिड डर्बी थ्रीलरमा रियलले एट्लेटिकोलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते ८:१०

२६ पुस, काठमाडौं । स्पानिस सुपर कपको ८ गोल भएको सेमिफाइनल थ्रीलरमा रियल मड्रिडद्ये एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

साउदी अरेबियामा भएको खेलको अतिरिक्त समयमा ब्राहिम डियाज र आत्मघाती गोल मद्दतमा रियलले एट्लेटिकोलाई ५-३ ले पराजित गरेको हो ।

निर्धारित समयममा  एट्लेटिकोले दुई पटक अग्रता लिएपनि जोगाउन सकेन । रियलले पनि एकपटक अग्रता लिएको थियो ।

खेलको छैटौं मिनेटमै मारियो हर्मोसोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

तर २०औं मिनेटमा रियलका एन्टोनियो रुडिगरले बराबरी गोल फर्काए । फर्लान मेन्डीले २९औं मिनेटमा गोल गर्दै रियललाई पहिलो पटक अग्रता दिलाए । तर एन्टोनी ग्रीजमनले क्लबका लागि कीर्तिमानी १७४औं गोल गोल गरेपछि एट्लेटिको खेलमा फर्कियो ।

रियलका रुडिगरले नै ७८औं मिनेटमा आत्मघाती गोल गर्दा एट्लेटिकोले फेरि खेलमा ३-२ को अग्रता बनायो । तर, त्यसलाई कायम राख्न भने सकेन । डानी कार्भाजलले ८५औं मिनेटमा रियलका लागि बराबरी गोल गरे ।

निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरी भएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जसमा रियल भाग्यमानी बन्यो ।

११६औं मिनेटमा एट्लेटिकोका स्टेफेन साभिसले आत्मघाती गोल गरेपछि रियल जित नजिक पुगेको थियो । अतिरिक्त समयको इन्जुरी टाइममा डियाजले गोल गर्दै रियललाई सानदार जित दिलाए ।

रियलले अब बिहीबार बार्सिलोना र ओसासुनाबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्देछ । फाइनल खेल १४ जनवरीमा हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?