+
+

महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा राजेन्द्र तामाङ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १८:००

१० माघ, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । उनले वाफ महिला च्याम्पियनसिपमा नेपालको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका हुन् ।

साउदी अरेवियामा फेब्रुअरी १८ देखि २८ सम्म हुने उक्त प्रतियोगिताका लागि उनले जिम्मेवारी पाएका हुन् । उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले बुधबार नियुक्ति दिएको हो । उनी ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र एपीएफ क्लबका पूर्व प्रशिक्षक हुन् ।

प्रमुख प्रशिक्षक तामाङ सहित टिमको सहायक प्रशिक्षकको रुपमा कमला राखल र टिम व्यवस्थापकको रुपमा विन्दा देवाल नियुक्त भएका हुन् । टिमको गोलरक्षक प्रशिक्षकमा उज्वल मानन्धर रहने छन् ।
नियुक्त भएसँगै प्रशिक्षक तामाङले ४० सदस्यीय टोलीलाई प्रशिक्षणका लागि बोलाएका छन् ।

पश्चिम एसियाली फुटबल महासंघद्वारा आयोजित यस प्रतियोगितामा नेपालसहित ८ टिमले भाग लिनेछन् । जसमा जोर्डन, लेवनान, इराक,प्यालेस्टाइन, साउदी अरेविया, सिरिया, गुआम र नेपाल छन् ।

नेपालको प्रारम्भिक टोली

एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), अञ्जना राना मगर (गोलकिपर), उषा नाथ (गोलकिपर), सपना राई (गोलकिपर), कविता विक (गोलकिपर), अमृता जैशी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर , समिक्षा घिमिरे, अन्चली वाइवा, विमला चौधरी, अनिता बस्नेत, प्रिती राई, दीपा शाही, सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, चन्द्रा भण्डारी, हेमा चौधरी, गंगा गुरुङ, सरस्वती हमाल, प्रतिक्षा चौधरी, दिपा न्यौपाने, मोनिका पुलामी मगर, अनुष्का शेर्पा, अन्जली मचामसी, सपना थेबे, मनमाया दमाइ, सम्झना लावती, निर्मला उपाध्याय, प्रिया माझी, सरु वाइवा, रेबिका पाण्डे, कुमारी ठोकर ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?