+
+

गौशालामा जीपको ठक्करबाट सडक व्यवसायीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १९:१७

१९ माघ, काठमाडौं । गौशालाको पिङ्‍गलास्थानमा जीपको ठक्करबाट एक जना सडक व्यवसायीको मृत्यु भएको छ ।

बिहीबार साँझ फुटपाथ पसल उठाएर निस्किँदै गर्दा बा ९ च २११५ नम्बरको जीपले ठक्कर दिँदा झापाको विर्तामोड–२ स्थायी घर भएकी रमिला बजगाईंको मृत्यु भएको हो । उनको परिवारले भने सुरुमा घाइते भएकी बजगाईंलाई जीपले पछाडि सारेर फेरि ठक्कर दिएको दाबी गरेको छ ।

पीडित पक्ष र जीप सञ्चालकबीच प्रहरी वृत्त, गौशालामा छलफल भइरहेको छ । ठक्कर दिने जीप विमानस्थलको फोहोर बोक्ने जीप भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले भने ब्रेक फेल भएर जीप दुर्घटना भएको बताए । उनले भने, ‘पानी परेको बेला थियो, ब्रेकफेल भएर बागमती पुलको ओरोलोमा दुर्घटना भएको हो ।’

यसबारे गौशाला प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?