+
+

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते ८:३१

२३ माघ, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै उपकुलपति हुन इच्छुक उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ।

समितिले यही माघ २२ गते उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो । सोही कार्यविधि बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।

उपकुलपति छनोट तथा सिफारिस समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई नेतृत्वमा बनेको छ । सो समितिले उपकुलपति नियुक्तिका लागि कुलपति एवम् प्रधानमन्त्री समक्ष नाम सिफारिस गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?