+

७ घरेलु उपाय, जसले कब्जियतबाट छुट्कारा दिन्छ

२०८० माघ  २५ गते १२:२८ २०८० माघ २५ गते १२:२८
Shares
७ घरेलु उपाय, जसले कब्जियतबाट छुट्कारा दिन्छ

कब्जियतको समस्याबाट हरेक व्यक्ति कुनै न कुनै बेला पीडित भइरहेका हुन्छन् । कसैलाई यो क्षणिक हुन्छ भने कसैलाई लामो समयसम्म पनि हुनसक्छ । कब्जियत हुने मुख्य कारण खानपान हो ।

पाचन प्रणालीमा गडबडी र शरीरमा रेसादार तथा फाइबरयुक्त खानेकुरा कमी भएमा कब्जियतले सताउँछ । अत्यधिक जंकफुड, प्याकेजिङ फुड, माछामासु, प्रशोधित पेय पदार्थ र प्रशोधित खानेकुराको सेवनले कब्जियत हुन्छ ।

कब्जियत हुँदा दिसा समयमा नहुने, शौचालय जाँदा निकै बल गर्नुपर्ने समस्या देखिन्छ । लामो समय कब्जियतको समस्या भएमा अल्सर, पायल्स, ग्यास्ट्रिक र पेट तथा आन्द्राको क्यान्सरसमेत हुनसक्छ । त्यसैले यसको समयमा नै उपचार गर्नुपर्छ । यसलाई सन्तुलित खानपान र औषधिको प्रयोग गरेर निको पार्न सकिन्छ । तर कब्जियतका लागि औषधिभन्दा पनि घरेलु उपचार नै बढी प्रभावकारी हुन्छ ।

कब्जियतबाट मुक्ति दिने ७ घरेलु तरिका

कब्जियतको समस्याबाट छुटकारा पाउन मुख्यत: खानपानमा नै ध्यान दिनुपर्छ । कब्जियत भएमा प्रशस्त मात्रामा रेसादार र फाइबरयुक्त खानेकुराको खानुपर्छ । त्यसैले दैनिक खानामा सागसब्जी, मौसमी खानेकुरा समावेश गर्नुपर्छ ।

हर्रोबर्रो, अमला र चूर्ण  

हर्रोबर्रो, अमला र चूर्णलाई बराबर मात्रामा पिसेर बनाएरको (त्रिफला चूर्ण) धुलो सेवन गर्न सकिन्छ । यसलाई बेलुका सुत्नुभन्दा आधा घण्टा अगाडि एक गिलास मनतातो पानीमा एक चम्चा हर्रोबर्रो र अमलाको धुलो घोलेर खान सकिन्छ । यसको दैनिक सेवन गरे पाचन क्षमता बलियो बनाएर कब्जियतको समस्याबाट मुक्ति दिलाउन सघाउँछ । यसलाई घरमा आफैंले पनि बनाउन सकिन्छ भने बजारमा यसको पाउडर पनि किन्न पाइन्छ ।

बोक्रायुक्त गेडागुडी

बोक्रा भएको दाल वा गेडागुडी बनाएर खाँदा कब्जियतको समस्यामा राहत दिन्छ । बोक्रायुक्त गेडागुडीमा भरपुर मात्रामा फाइबर पाइने भएकाले यसले आन्द्रामा टाँसिएर बसेका खानेकुरालाई हटाउन र टाँसिनबाट रोक्छ । जसकारण कब्जियतको समस्याबाट छुटकारा दिन सहयोग पुग्छ ।

हिजोआज दालको बोक्रा निकालेर पकाउने वा बोक्रा निकालेको दाल बजारबाट किनेर ल्याउने चलन छ । तर यस्तो दालले स्वास्थ्यका लागि खास फाइदा गर्दैन । आलु र सागसब्जी मिसाएर पनि तरकारी बनाएर खान सकिन्छ ।

मैदाको सट्टा च्याख्ला

कब्जियतको समस्यामा मैदाजन्य खानेकुराको सेवन सकेसम्म कम गर्नुपर्छ । यसको सट्टा मकैको च्याँख्ला, कोदोको पिठो, गहुँको पिठोको प्रयोग गर्नु लाभदायक हुन्छ । अझ च्याँख्ला पकाउँदा त्यसमा स-साना टुक्रा बनाएर गाँजर र मटरकोसा समावेश गर्नुपर्छ । यी सबैमा पाइने भरपुर फाइबरले दिसा गर्न सजिलो गराउँछ । यस्तै कोदो र गहुँको पिठोको ढिंडो वा रोटी बनाएर खाएमा पनि कब्जियतबाट मुक्ति दिन्छ ।

सेतो चामलको सट्टामा ब्राउन राइस

सेतो चामलको सट्टामा ब्राउन राइसको प्रयोग गर्दा पनि कब्जियतको समस्यामा राहत मिल्छ । ब्राउन राइस कम प्रशोधित हुने भएकाले पाचन प्रक्रिया सहज हुन्छ, जसले कब्जियत हुनबाट रोक्न सक्छ ।

फलफूल

कब्जियतको समस्यामा जुस बनाएर भन्दा पनि ठोस फलफूल नै खाँदा स्वास्थ्यवर्द्धक हुन्छ । यसबेला दैनिक एउटा स्याउ वा मौसमी फलफूल खाएमा कब्जियत हटाउन मद्दत गर्छ । तर बाहिरी भाग ताछेर वा जुस बनाएर खाँदा यसमा भएको फाइबर नष्ट हुने भएकाले फाइदा गर्दैन ।

पानी

कब्जियत भएको बेला पटक-पटक मनतातो पानी पिइरहनुपर्छ । तर सोडा वा अन्य प्याकेजिङ पेय पदार्थ भने पिउनु हुँदैन । यस्तो बेला दिनभरिमा कम्तीमा दुईदेखि तीन लिटर पानी पिउनुपर्छ । यसले दिसा पातलो गर्न सघाउँछ ।

कब्जियत हुने व्यक्तिले बिहान उठ्ने बित्तिकै शौचालय जानु हुँदैन । शौचालय जानुअघि एक गिलास मनतातो पिउनुपर्छ । त्यसपछि केही मिनेट व्यायाम गरेर मात्रै शौचालय जानुपर्छ । यसो गर्नाले शौचालय गर्न बल प्रयोग गर्नु पर्दैन । दैनिक नियमित गर्नुपर्छ । यसले कब्जियतको समस्या कम हुँदै जान्छ र समस्या भएमा कब्जियत हुनबाट जोगाउँछ ।

मासुसँग सलाद

मासुजन्य परिकार सकेसम्म कम खाने गर्नुपर्छ । किनभने यसलाई पचाउन गाह्रो हुन्छ । कब्जियत झन् बल्झिन सक्ने जोखिम हुन्छ । त्यसैले खानै परेपनि मासु खाँदा गाँजर, मुला, काँक्रो खानुपर्छ । त्यस्तै कुनै पनि दुग्धजन्य पदार्थ र तयारी खाना जस्तै चाउचाउ, प्याकिङ खानेकुरा कब्जियत निको नहुन्जेल सकेसम्म खानु हुँदैन । खाए पनि थोरै मात्रामा खानुपर्छ, किनभने यसमा फ्याट बढी हुन्छ । जुन पचाउन समय लाग्छ ।

यी सबै खानेकुराको दैनिक तालिका मिलाएर खान सकेमा कब्जियतबाट छुट्कारा पाउन सकिन्छ । खानेकुरासँगै दैनिक नियमित आधा घण्टा योग तथा व्यायाम गर्न सकेमा झन् प्रभावकारी हुन्छ ।

कब्जियत डा. प्रकाश ज्ञवाली स्वास्थ्य
डा. प्रकाश ज्ञवाली
लेखक
डा. प्रकाश ज्ञवाली
आयुर्वेदिक चिकित्सक

डा. ज्ञवाली हाल काठमाडौं टेकुस्थित आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत छन् । उनको नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर १५१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भारतमा इच्छामृत्यबाट मृत्युवरण गर्ने पहिलो व्यक्ति बने हरिश राणा

भारतमा इच्छामृत्यबाट मृत्युवरण गर्ने पहिलो व्यक्ति बने हरिश राणा

फार्मेसी खापाभित्रबाट औषधिहरूको रात्रीकालीन गन्थन

फार्मेसी खापाभित्रबाट औषधिहरूको रात्रीकालीन गन्थन

के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?

के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?

पीसीओएसले कसरी निम्त्याउछ बाँझोपनको समस्या  ? चिकित्सकलाई प्रश्न र जवाफ

पीसीओएसले कसरी निम्त्याउछ बाँझोपनको समस्या ? चिकित्सकलाई प्रश्न र जवाफ

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…