+

बच्चामा देखिने निलो नहुने जन्मजात मुटुरोग के हो ?

२०८० माघ  २५ गते १८:०१ २०८० माघ २५ गते १८:०१
Shares
बच्चामा देखिने निलो नहुने जन्मजात मुटुरोग के हो ?

अन्तर्राष्ट्रिय जर्नल नेसनल लाइब्रेरी इन मेडिसिनका अनुसार विश्वव्यापीरुपमा जीवित जन्मिने एक हजार बच्चामध्ये ८ देखि १० जन्मजात मुटुरोग हुन्छ । जन्मजात मुटुरोग धेरै किसिमको हुन्छ । जसमध्ये सबैभन्दा बढी शिशुमा निलो नहुने मुटुरोग (अस्यानोटिक हार्ट डिजीज) देखिन्छ ।

कुनै कारणवश शिशुको मुटुको संरचना र कार्यमा समस्या उत्पन्न हुने तर अनुहारमा निलो रङ नदेखिने खालको मुटुरोगलाई निलो नहुने जन्मजात मुटुरोग भनिन्छ ।

कारण

निलो नहुने जन्मजात हृदयरोग मुख्यतया गर्भमा हुर्किरहेको बच्चाको मुटुको तल र माथिका पर्दा र भल्बहरूको अस्वाभाविक विकास क्रमबाट हुन्छ । गर्भावस्थाको पहिलो तीन महिनामा हुने रुवेला, साइटोमेगल, भाइरस, हाइपर भिम्स, कोज्साकी भिम्स बी गर्भावस्थामा विभिन्न भाइरल संक्रमणका कारण हुन्छ ।

त्यस्तै एमफेटामाइन्स, उठीयम, थोडीडेमाइड जस्ता औषधिको सेवनले पनि जोखिम गराउँछ । गर्भावस्थामा चुरोट तथा मदिरा सेवन, पौष्टिक आहारको कमी, आमाबुबा वा नजिकको नातेदारमा जन्मजात मुटुरोग हुनु वा बच्चामा क्रोमोजोमको गडबडी हुनु पनि जन्मजात मुटुरोगको कारणमा पर्छन् ।

प्रकार

एट्रियल सेप्टल डिफेक्ट (एएसडी) : मुटुका चार कोठामध्ये माथिका दुई कोठाको बीचमा जन्मजात प्वाल हुन्छ । धेरैजसो केसमा यो आफैं बन्द हुँदैन । यदि प्वाल सानो छ भने खासै फरक पर्दैन । ठूलो भएमा मुटुको शल्यक्रिया गरेर प्वाल बन्द गर्नुपर्ने हुन्छ ।

भेन्ट्रिकुलर सेप्टल डिफेक्ट (भीएसडी) : मुटुका चार कोठामध्ये तलका दुई कोठाको बीचमा जन्मजात प्वाल हुन्छ । यो लगभग एट्रियल सेप्टल डिफेक्ट जस्तै हो । तर यो प्वालले मुटुको तलको दुई कोठालाई नै छुट्याइदिन्छ ।

पेटेन्ट डक्टस आर्टियासिस (पीडीए) : बच्चा गर्भमा रहँदा फोक्सोमा जाने मुख्य रक्तनली पलमोनरी आर्टरी) र शरीरको अन्य भागमा रक्त सञ्चालनको लागि जाने मुख्य रक्तनली (एओर्टा)को बीचमा सानो रक्तनली हुन्छ, जसमा प्वाल हुन्छ । समय नपुगी जन्मिएका बच्चामा यस्तो समस्या हुनसक्छ ।

एर्वोटिक स्टेनोसिस (एएस) : मुटुले शरीरको अन्य भागमा रक्त सञ्चालनका लागि जाने मुख्य रक्तनलीको मुखमा रहेको भल्ब साँघुरिनु एर्वोटिक स्टेनोसिस हो । सो भल्बले रगतलाई लैजाने र ल्याउने गर्न बन्द हुने र खुल्ने गर्छ । तर कुनै कारणवश भल्ब साँघुरिएमा राम्रोसँग खुल्न सक्दैन । र, रक्त सञ्चालनमा बाधा गर्छ ।

पाल्मोनरी स्टेनोसिस (पीएस) : मुटुबाट फोक्सोमा जाने मुख्य रक्तनलीमा रहेको भल्बले दाहिनेतर्फ मुटुबाट फोक्सोमा लैजान अक्सिजन र नराम्रो रगत लिन्छ । तर कुनै कारणवश सो भल्ब साँघुरिएमा भल्ब राम्रोसँग खुल्न सक्दैन ।

क्वार्कटेसन अफ एर्वोटा (सओए) : मुटुले शरीरको अन्य भागमा रक्त सञ्चालनका लागि जाने मुख्य रक्तनली साँघुरिंदा यो समस्या हुन्छ ।

यीमध्ये सबैभन्दा बढी देखिने रोग भेन्ट्रिकुलर सेप्टल डिफेक्ट(भिएसडी) अर्थात् मुटुको तल्लो कोठाबीचमा प्वाल पर्ने हो ।

लक्षण

मुटुमा सानो प्वाल, रक्तनली वा भल्ब थोरै खुम्चिएको अवस्थामा केही लक्षण देखिंदैन, जसकारण धेरै वर्षसम्म पनि रोग पत्ता नलाग्न सक्छ । तर त्यही मुटुको प्वाल ठूलो भएमा वा भल्ब अति नै साँघुरिएमा नवजात शिशु जन्मिएको केही समयमा नै लक्षण देखापर्छ ।

यसका मुख्य लक्षण यस्ता हुन्छन् ।

-मुटुको चाल सोही उमेरका बच्चाको तुलनामा अलि छिटो छिटो हुने

-सास फेर्न गाह्रो हुने वा छिटो-छिटो सास फेर्ने

-बच्चाले राम्रोसँग दूध चुस्न नसक्ने वा दूध चुसिरहेको बेलामा निधारमा पसिना आउने

-अरु बच्चाको तुलनामा धेरै छटपटाइरहने

-बारम्बार कडा निमोनिया भइरहने

-बच्चाको वृद्धि विकास नहुने

-पाल्मोनरी स्टेनोसिसजस्ता मुटुका रक्तनलीको भल्बहरु अति नै साँघुरो भएको अवस्थामा चाँडै थाक्ने, छाती दुख्ने, बेहोस हुने, जीउ सुन्निनेजस्ता लक्षण पनि देखिन्छन् ।

यी लक्षणहरु देखिएमा मुटुको आवश्यक जाँच गराउन जरुरी छ ।

पहिचान

छातीको एक्सरे, मुटुको भिडियो एक्सरे (ईसीजी), गर्भभित्रै रहेको शिशुको मुटुको भिडियो एक्सरे (एफईसीजी) बाट जन्मजात मुटुरोग पत्ता लगाउन सकिन्छ ।

यदि पहिचान विधिबाट समस्या पत्ता लगेमा १५ वर्षमुनिका बालबालिकाको उपचार सरकारले नि:शुल्क गरेको छ ।

उपचार

जन्मजात मुटुका प्वाल (साना तथा साधारण) केही वर्षपछि आफैं टालिन सक्छन् । यी प्वालहरुलाई केही नगरी नियमित फलोअप गरेर हेर्न सकिन्छ ।

एट्रियल सेप्टल डिफेक्ट, भेन्ट्रिकुलर सेप्टल डिफेक्टर र पेटेन्ट डक्टस आर्टियासिसको समस्या भएमा  शल्यक्रिया नगरी पनि मुटुका सामान्य प्वालहरुलाई क्याथेटरको माध्यमबाट बन्द गर्न सकिन्छ ।

जाली राखेर वा क्याथेटरको माध्यमबाट बन्द गर्न नसकिने प्वालहरु शल्यक्रिया गरेर नै बन्द गर्नुपर्ने हुन्छ । यो शल्यक्रिया गर्दा प्वालको प्रकार, प्वाल कता छ, यसको असर र बच्चाको उमेर तौल सबै हेरिन्छ । यससँगै अन्य स्वास्थ्य समस्या भएमा पहिले व्यवस्थापन गर्नुपर्छ ।

औषधिले कुनै पनि प्वाललाई बन्द गर्ने वा साँघुरो भएको ठाउँ खुलाउने काम गर्दैन । तर यसले बच्चालाई लक्षण घटाउनुका साथै लक्षण घटाउँछ ।

जन्मजात मुटुरोग डा. पुनम शर्मा बालरोग
डा. पुनम शर्मा
लेखक
डा. पुनम शर्मा
बाल मुटुरोग विशेषज्ञ

डा. शर्मा हाल काठमाडौं बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र पेडियाट्रिक कार्डियोलोजी विभागको रजिस्ट्रार हुन् । उनले पेडियाट्रिक (बालरोग)मा एमडी र पेडियाट्रिक कार्डियोलोजीमा फेलोसिप गरेकी छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १२९३६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?