+

बच्चालाई धेरै बाक्लो लुगा लगाइदिंदा समस्या पनि हुनसक्छ  

२०८० माघ  २९ गते १४:१३ २०८० माघ २९ गते १४:१३
Shares
बच्चालाई धेरै बाक्लो लुगा लगाइदिंदा समस्या पनि हुनसक्छ  

जाडोयाममा चिसोबाट बच्न बाक्लो लुगा लगाउनु एक उपाय हो । अझ बालबालिकालाई चिसोले झनै छिटो भेट्ने भएकाले शरीर न्यानो राख्न धेरै बाक्लो लुगा लगाइदिने गरेको देखिन्छ । बच्चाको पूरै शरीर ढाक्ने गरी ज्याकेट, स्वीटर, मोजा, पञ्जा, हाइनेक, टोपी, मफलरलगायत लगाइदिने चलन त छ नै, त्यसमाथि पनि अरु लुगा लगाइदिएको पाइन्छ ।

यसरी तह-तह गरेर लुगा लगाइदिंदा चिसोबाट जोगाउन सकिएला, तर यसको फाइदा मात्रै हैन बेफाइदा पनि हुनसक्छ । जाडोका धेरैजसो लुगा लुगा ऊलन र फरबाट बनेका हुन्छन्, जुन जनावरको रौं र धेरै प्रकारका रसायनको प्रयोग गरेर तयार पारिएको हुन्छ ।

यसरी लुगा लगाइदिंदा बालबालिकामा केही समस्या देखिन सक्छ ।

शरीर चिलाउने

बालबालिकालाई धेरै लुगा लगाइदिनाले शरीर चिलाउने समस्या हुनसक्छ । हिजोआज बालबालिकालाई आकर्षक र न्यानो बनाउन ऊलन, फर भएको लुगा सिधै छालामा स्पर्श हुने गरी लगाइदिंदा बालबालिकामा शरीर चिलाउने समस्या देखिन्छ । किनकि यी कपडा जनावरको रौं र विभिन्न केमिकल मिसाएर तयार पारिन्छ । त्यस्तै टोपी, मोजा र पञ्जा पनि हरेक समय लगाइराख्नाले टाउको, हातखुट्टा चिलाउने समस्या हुनसक्छ ।

छालामा रातोपन

धेरै लुगा लगाइदिंदा बालबालिकाको छालामा रातो दाग आउन सक्छ । रातो दाग धेरै कन्याउनाले र बच्चालाई कसिलो लुगा लगाइदिनाले रक्तसञ्चारमा अवरोध हुनसक्छ । जसले गर्दा शरीरमा राता दाग आउने, चिलाउने र सुन्निने हुनसक्छ । यसलाई बेवास्ता गरेमा घाउ भएर पाक्ने समस्या हुनसक्छ ।

बालबालिकालाई नियमित टोपी लगाइरहँदा निधार, कान चिलाउने, टाउको चिलाउने हुन्छ । किनकि शरीरभित्रको पसिना आउँछ तर बाहिर निस्किन पाउँदैन । यसले गर्दा छालमा रातो रातो खटिरा देखिने हुनसक्छ ।

एलर्जी

बालबालिकालाई छालामा संक्रमण हुनसक्छ । धेरै लुगा लगाइदिंदा वा लामो समयसम्म लगाइराख्नाले शरीरमा पसिना आउँछ तर पसिना बाहिर निस्किन पाउँदैन । यसकारण पनि बालबालिकामा फंगल संक्रमण जोखिम पनि हुनसक्छ । छाला शरीर चिलाउने, पोल्ने, सुक्खा हुने हुन्छ र पसिना शरीर बाहिर आउन नपाउँदा बालबालिकालाई चिसो लाग्ने, खोकी लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले कहिलेकाहीं अभिभावकहरु शरीर सबै ढाक्ने गरी लुगा लगाए पनि चिसो लाग्यो भन्ने सुनेको होला, यही कारणले गर्दा हुन्छ । बालबालिकाको छाला संवेदनशील हुने भएकालाई छिट्टै संक्रमण हुन्छ ।

जोगाउने तरिका ?

बालबालिकालाई न्यानो बनाउन धेरै लुगा लगाइदिनुको सट्टा आरामदायक लुगाको छनोट गर्नुपर्छ । बालबालिकाको छालालाई ध्यानमा राख्दै भित्री छालामा स्पर्श गर्ने लुगा कटन वा सुतीको लगाइदिने गर्नुपर्छ । त्यसमाथि मात्र ऊलन वा फर भएको लुगा लगाइदिनुपर्छ । यसरी लगाउँदा शरीरभित्र पसिना आएमा पनि लुगाले सोस्छ ।

खुकुलो लुगा लगाइदिनुपर्छ । यस्तो लुगा लगाउनले शरीरमा रातो दाग आउने, रक्तसञ्चारमा अवरोध हुने समस्या न्यून हुन्छ । यसैगरी सुत्ने बेला ऊलनको लुगा लगाएर नसुताउने, यसको सट्टा सिरक वा कम्बलको प्रयोग गर्नुपर्छ ।

जाडोयाम डा. रामभक्त सुवेदी बाक्लो लुगा
डा. रामभक्त सुवेदी
लेखक
डा. रामभक्त सुवेदी
न्युरोलोजिस्ट तथा बालरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ६६३९ अध्ययन : एमबीबीएस, एमडी पेडियाट्रिक (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) हाल मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

किन चिनी छाड्न सल्लाह दिइन्छ ? यस्तो छ खास कारण

किन चिनी छाड्न सल्लाह दिइन्छ ? यस्तो छ खास कारण

एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

एक यस्तो बिर्सने समस्या, जसले घरबाट निस्केपछि फर्कने बाटो नै थाहा पाउँदैन

एक यस्तो बिर्सने समस्या, जसले घरबाट निस्केपछि फर्कने बाटो नै थाहा पाउँदैन

चिकित्सा सेवा सुधारमा सकस

चिकित्सा सेवा सुधारमा सकस

नयाँ सरकारको प्राथमिकतामा सरुवा रोग ‘टच’ नै भएन

नयाँ सरकारको प्राथमिकतामा सरुवा रोग ‘टच’ नै भएन

गर्भावस्थामा पिसाबको संक्रमण किन बढी देखिन्छ ?

गर्भावस्थामा पिसाबको संक्रमण किन बढी देखिन्छ ?