+

‘फ्याट’सँग सम्बन्धित तीन भ्रम

२०८० फागुन  २१ गते १६:५१ २०८० फागुन २१ गते १६:५१
Shares
‘फ्याट’सँग सम्बन्धित तीन भ्रम

स्वस्थ आहारको कुरा आउँदा मानिसहरू प्रोटिन सेवनमा बढी ध्यान दिन्छन् । साथै भिटामिन र मिनरल्समा पनि ख्याल पुर्‍याउँछन् । तर फ्याट (बोसो)बाट भने टाढा भाग्न थाल्छन् ।

सबैको दिमागमा फ्याटको बारेमा एउटा नराम्रो छवि बनेको हुन्छ । मानिसहरू सोच्छन् कि फ्याट खाँदा मोटोपन बढ्छ, कोलेस्टेरोल बढ्छ र मुटुमा नराम्रो असर पर्छ ।

फ्याटलाई लिएर समाजमा विभिन्न किसिमका मिथकहरू पनि फैलिएका छन् । जबकि वास्तविकता यो हो कि फ्याट तीन मुख्य म्याक्रो पोषक तत्त्वमध्ये एक हो । जसको अर्थ शरीरको कामलाई राम्रोसँग सुचारु राख्नका लागि आहारमा फ्याट हुनु अत्यन्तै आवश्यक हुन्छ ।

हाम्रो शरीरमा स्वस्थ छाला र कपालको निर्माण गर्न, शरीरको तापक्रम सन्तुलित बनाउन र कोषको कार्य प्रणालीमा फ्याटको महत्त्वपूर्ण भूमिका छ । त्यसैले आफ्नो आहारमा उचित मात्रामा फ्याट पनि समावेश गर्नैपर्छ ।

फ्याटले मुटुमा नराम्रो असर गर्छ

फ्याटको बारेमा यो मिथक धेरै सामान्य छ । मानिसले फ्याटलाई आफ्नो आहार (डाइट प्लान)को हिस्सा बनाएमा कोलेस्टेरोल बढ्छ र मुटुमा नराम्रो असर पर्छ भन्ने सोच्छन् । जबकि यथार्थ भने होइन ।

फ्याट मुख्यतया तीन प्रकारको हुन्छ, स्याचुरेटेड, अनस्याचुरेटेड र ट्रान्स फ्याट ।

ट्रान्स फ्याट र स्याचुरेटेड फ्याट अस्वस्थ ‘अन हेल्दी फ्याट’मा पर्छ भने अनस्याचुरेटेड फ्याट भने स्वस्थ फ्याटमा पर्छ ।

फ्याटको कारण कोलेस्टेरोल बढ्छ भन्ने कुरा कस्तो प्रकारको फ्याटको खपत गरेको छ, त्यसमा भर पर्ने कुरा हो । फ्याट ओमेगा–३ फ्याट, केही पोलीअनस्याचुरेटेड फ्याट र मोनोअनस्याचुरेटेड फ्याटहरू वास्तवमा मुटुका लागि राम्रो मानिन्छन् ।

यस्ता फ्याटले हृदयरोगलाई रोक्न मात्र होइन, हेल्दी फ्याट ‘स्वस्थ बोसोले’ स्मरण शक्ति सुधार गर्नै पनि सहयोग गर्छ । हेल्दी फ्याट एभोकाडो, बीउ, नट, साथै साल्मन र टुना जस्ता फ्याटी माछामा पाइन्छ ।  यसले हृदयरोगको जोखिम धेरै हदसम्म कम गर्छ ।

मोटोपन बढ्छ

मोटोपन कम गर्ने व्यक्तिहरू फ्याटको सेवनबाट पूर्णतया टाढा रहन्छन् । किनकि फ्याटको सेवनले मोटोपनलाई झन् बढाइदिन्छ भन्ने उनीहरूलाई लाग्छ । तर यो सत्य भने होइन । यदि धेरै कार्बोहाइड्रेट वा धेरै प्रोटिनयुक्त खानेकुरा खाँदा त्यसले चाहिं तौल बढ्छ । तर स्वस्थ फ्याटको स्रोतले भने तौल बढ्दैन ।

कुनै पनि म्याक्रोन्युट्रिएन्ट (कार्बोहाइड्रेट, प्रोटिन वा फ्याट)बाट बढी क्यालोरीहरू उपभोग गर्दा तौल बढ्न सक्छ । स्वस्थ बोसोले थप सन्तुष्ट र पूर्णता महसुस गराउँछ, जसले कुल क्यालोरी सेवन कम गर्छ र मोटोपन नियन्त्रण गर्न सहयोग गर्छ ।

सकेसम्म फ्याट खान हुन्न

शरीरमा कोषहरू बन्नका लागि फ्याट आवश्यक हुन्छ । फ्याटबाट हार्मोन, मस्तिष्कको पनि विकास हुन्छ ।’ उनका अनुसार ‘ए’, ‘डी’, ‘ई’ जस्ता भिटामिन सोस्नका लागि पनि फ्याट चाहिन्छ । फ्याटले शरीरलाई ऊर्जा दिनुको साथै भिटामिन ‘डी’ पनि पनि दिन्छ । साथै फ्याटले हड्डीहरूको जोर्नीमा ल्युब्रिकेन्ट्स काम पनि गर्ने हुनाले दैनिक फ्याटको सेवन शरीरका लागि आवश्यक पर्छ ।

दैनिक रूपमा हामीले खानामा १५ देखि २० प्रतिशत फ्याट समावेश गर्नुपर्ने हुन्छ । हामीले खाने विभिन्न खानेकुराबाट अधिक वा आंशिक मात्रामा फ्याट आपूर्ति भइरहेको हुन्छ । तेल, घिउ, बोसो, दुग्धजन्य परिकार, माछा, मासु, अण्डा आदि फ्याटका स्रोत हुन् । यसैगरी ओखर, बदाम, आलस, तिल, एभोकाडोबाट पर्याप्त मात्रामा फ्याट आपूर्ति हुन्छ । शरीरलाई चाहिने मात्रामा फ्याटको सेवन गर्नैपर्छ ।

फ्याट भ्रम स्वास्थ्य
अनुश्री आचार्य
लेखक
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम । हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?