+
+

सेवानिवृत्त कर्मचारीलाई ‘कुलिङ पिरियड’ प्रस्ताव, दुई वर्षसम्म विभिन्न प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते २०:१८

काठमाडौं । संघीय निजामती सेवाको सचिव वा सहसचिवस्तरबाट सेवानिवृत्त कर्मचारीलाई सरकारले ‘कुलिङ पिरियड’ तोक्न प्रस्ताव गरेको छ । संसदमा सोमबार दर्ता भएको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०मा  सेवा निवृत्त भएको २ वर्षसम्म पूर्व स्वीकृति नलिई विभिन्न काम गर्न निषेधका प्रस्तावहरु गरेको छ ।

सेवानिवृत्त भएको २ वर्षसम्म संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । विधेयकअनुसार रिटार्यड सचिव र ससहचिले पहिलो २ वर्षसम्म अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रुपमा काम गर्न पनि नपाउने भएका छन् ।

अवकाश कुने पछिल्लो एक वर्षभित्र बहाल रहेको निकायको कार्यक्षेत्रसँग सम्बन्धकत रहेको संस्था वा त्यस्तो निकायले नियमन गर्ने संसथाको कर्मचारी वा परामर्शदाता भएर काम गर्न पनि रको लगाउन प्रस्ताव गरिएको छ । यस्तो काम गरे ऐन बमोजिम अवकाश प्राप्त कर्मचारीले पाउने सेवा सुविधा लिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?