+
+

सिरहामा हँसिया प्रहार गरेर महिलाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते २०:२५

२७ फागुन, जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको हत्या भएको छ ।

आइतबार दिउँसो घाँस लिन कमला नदीको बगरतिर गएको बेला उनको हत्या भएको हो । उनको हत्या आरोपमा श्रीमान रामउदगार साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए । श्रीमानले हँसियाले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

यसअघि शुक्रबार राति सिरहाको गोलबजार नगरपालिका–६ की ३५ वर्षीया अनिताकुमारी साहको हत्या भएको थियो । सुतेकै कोठामा लोहोरो र घरेलु हतियार प्रहार गरी उनको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आइरहेकी अनिताको हत्या घटना सेलाउन नपाउँदै पुनः अर्को महिलाको हत्या भएको हो । अनिता हत्या आरोपमा प्रहरीले पति महेन्द्र कुमारसहित चारजनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?