+
+

वाफ उपविजेता नेपाली टोलीलाई १० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते २०:३१
नेपाली महिला फुटबल टिमसँग यमबहादुर गुरुङ ।

३ चैत, काठमाडौं । डेढ दशकदेखि साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिका-११ का यमबहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेका छन् ।

साउदी अरेबियामा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट प्रभावित भएकोले महिला टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेको बताएका छन् ।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य, एन्फा महिला संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम उपलब्ध गराइसकेका छन् ।

लामाले गुरुङकी श्रीमती उमाको उपस्थितिमा केही दिनमा खेलाडीलाई रकम हस्तान्तरण गर्ने बताइन् । वाफ खेल्ने नेपाली टोलीमा २३ खेलाडी रहेका छन् ।

जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित समयको २–२ गोलको बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।

विगत १५ वर्षदेखि साउदीमा रहेका गुरुङले ५ वर्षदेखि साउदीको रियादमा लालीगुराँस नेपाली रेष्टुरेन्ट सन्चालन गर्दै आएका छन् ।

‘महिला टोलीले जसरी प्रतियोगिता खेल्यो त्यो स्तरीय थियो, हामी सबैले उहाँहरुको हौसला बढाउनु पर्दछ भन्ने ठान्दछु’, गुरुङले भने, ‘म यहाँ पनि अन्य सामाजिक काममा पनि संलग्न छु । महिला टोलीका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी छु ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?