+

कतिपय महिलाको अनुहारमा रौं किन आउँछ, के छ उपचार ? (भिडियो)

२०८० चैत  ६ गते १३:५८ २०८० चैत ६ गते १३:५८
Shares
कतिपय महिलाको अनुहारमा रौं किन आउँछ, के छ उपचार ? (भिडियो)

अधिकांश महिलाको अनुहारमा हल्का रौं हुन्छ । तर जब यी रौं बाक्लो हुन थाल्छ वा दाह्री जस्तो देखिन थाल्छ । यो महिलाका लागि समस्याको कारण बन्छ । महिलाको अनुहारमा पलाएको रौंले आत्मविश्वास पनि कमजोर बनाउँछ ।

पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) रोगका कारण महिलाको अनुहारमा कपाल बढ्ने गर्छ । पीसीओएस हुँदा महिलाको अण्डाशय सुन्निन्छ । अण्डाशयमा सुन्निने, पानीको फोका आउने कारण महिलामा महिला हार्मोनको सन्तुलन बिग्रिन थाल्छ र तौल बढ्ने, अनुहारमा कपाल बढ्ने समस्या देखिन्छ ।

केही अवस्थामा महिलाको शरीरमा पुरुष हार्मोन अर्थात् एन्ड्रोजेन बढ्न थाल्छ । यसकारण पनि महिलाको अनुहार र शरीरका अन्य धेरै अंगहरुमा कपाल बढ्न थाल्छ । कतिपय अवस्थामा कुनै औषधिको सेवन पछि साइड इफेक्टको रूपमा अनुहारको कपाल बढ्न सक्छ ।

कपाल झर्ने समस्या भएका महिलाले कपाल उमार्नका लागि ‘मिनोक्सिडिल’ तेलको प्रयोग गर्छन् । त्यसको प्रयोगले अनुहारमा कपाल पलाउने हुन्छ । शरीरको तौल भएका महिलामा पनि अनुहारमा रौं पलाउने समस्या हुनसक्छ ।

के छ उपचार ?

महिलाको अनुहारमा रौं पलाउने समस्याका लागि दुईवटा उपचार सँगैसँगै गर्नुपर्छ । पहिले अनुहारमा रौं आउने मुख्य जड पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ ।

हार्मोनको गडबडीले रौं पलाएको हो कि, औषधिको साइड इफेक्टको कारण पलाएको हो वा अन्य कारणले पलाएको हो, त्यो पत्ता लगाएर त्यसको उपचार गरेपछि यो समस्या कम भएर जान्छ ।

हार्मोन गडबडीको कारण रौं पलाएको हो भने सम्बन्धित रोगको विशेषज्ञकहाँ गएर उपचार गर्नुपर्छ । त्यसपछि पलाइसकेको कपाल हटाउन लेजर गर्ने हो भने छालारोग विशेषज्ञसँग सल्लाह लिन सकिन्छ ।

पलाइसकेको रौंलाई हटाउन अस्थायी र स्थायी दुई प्रकारको उपाय छ । स्थायी रूपमा अटाउन लेजर हेयर रिमुभर गर्न सकिन्छ । यसले शतप्रतिशत रौंलाई स्थायी रूपमा हटाउन सक्दैन । यसले शरीरको ८० देखि ९० प्रतिशत रौंलाई हटाउँछ । यो प्रविधिबाट शरीरको सबै भागको अनावश्यक रौं हटाउन सकिन्छ । अस्थायी रूपमा हटाउन भने व्याक्स, रेजर प्रयोग गर्न सकिन्छ ।

स्थायी रूपमा अनुहारको रौं हटाउँदा केही साइड इफेक्ट पो देखापर्छ कि ?

लेजर हेयर रिमुभलको लागि अहिले अत्याधुनिक मेसिनहरू उपलब्ध छन् । जसको खासै साइड इफेक्ट हुँदैन । तर विशेषज्ञको सल्लाहबिना गर्दा भने छाला डढ्ने समस्या हुनसक्छ ।

लेजर हेयर रिमुभल गर्नुका फाइदा

लेजर हेयर रिमुभल सरल र पीडारहित प्रक्रिया हो । बिना कुनै दुखाइ अनावश्यक रौं हटाउन यो प्रक्रिया उपयोगी हुन्छ । यो प्रक्रियामार्फत रौं हटाउँदा वरपरको छालामा कम क्षति हुन्छ । यो प्रक्रिया केही खर्चिलो भए पनि जीवनभर थ्रेडिङ र वाक्सको तुलनामा सुलभ नै हुन्छ । शरीरको अनावश्यक रौं हट्दा आत्मविश्वास पनि बढ्छ ।

कति लाग्छ खर्च ?

कति रौं पलाएको छ र लेजर कति पटक गर्नुपर्छ त्यस आधारमा खर्च निर्धारण हुन्छ । सामान्यतया सात पटकसम्म लेजर गर्नुपर्ने हुन्छ र एक पटकमा चार हजारदेखि आठ हजारसम्म खर्च लाग्न सक्छ । कुल खर्च भने लगभग ४० देखि ४५ हजार रुपैयाँ लाग्न सक्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

अनुहारमा रौं उपचार छालारोग डा. सुयोग मैनाली
डा. सुयोग मैनाली
लेखक
डा. सुयोग मैनाली
वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन

मेडिकल काउन्सिल दर्ता नम्बर : ७६८० अध्ययन : एमबीबीएस,एमएस (प्लास्टिक सर्जरी) काठमाडौंस्थित सुयोग काठमाण्डु क्लिनिक अफ कस्मेटिक सर्जरीका संस्थापक, हाल सोही संस्थामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

चिकित्सक न त व्यापारी हो, न त भगवान्

चिकित्सक न त व्यापारी हो, न त भगवान्