+
+

भन्सारलाई राजस्व संकलनको होइन, उद्योग–व्यापार प्रवर्द्धनको केन्द्र बनाऔं : वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १५:५२

६ चैत, काठमाडौं । सांसद डा. स्वर्णिम वाग्लेले भन्सारलाई राजस्व संकलनको केन्द्र होइन, उद्योग व्यापार प्रवर्द्धन गर्ने थलो बनाउनुपर्ने बताएका छन् । मंगलबारर प्रतिनिधिसभामा भन्सार विधेयकका विषयमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

‘कस्ता स्वदेशी उद्योगको प्रवर्द्धन गर्ने र कस्ता विदेशी वस्तुको आयातलाई नियमन र नियन्त्रण गर्ने भन्ने विषय फरक फरक हुन्,’ उनले भने, ‘राजस्व संकलन केन्द्रका रुपमा रहेको भन्सारको मान्यतामा परिवर्तन आवश्यक छ ।’

नेपालले विश्वसमुदायमा गरेको प्रतिबद्धताअनुरुप यो भन्सार ऐन पहिल्यै आउनुपर्नेमा अहिले बल्ल आएको उनले बताए ।

‘अन्तर्राष्ट्रिय सम्झौताहरुमा उल्लेख भएअनुसारका व्यवस्था कार्यान्वयन हुन सकेको अवस्थामा व्यापारजन्य लागत १५ देखि २० प्रतिशत घट्ने र व्यापारको आकार पनि बढ्छ भन्ने अध्ययनहरुले देखाएका छन्,’ उनले भने, ‘तर, नेपालमा भन्सार बदनाम छ । मालदार अड्डाका रुपमा चिनिन्छ । सेटिङ, चुहावट, तस्करी, करछली, अवैध व्यापारको पर्याय नै बनेको छ ।’

त्यसो हुँदा महासन्धिहरुमा भएको सैद्धान्तिक अवधारणा र भन्सारमा हुने यथार्थ क्रियाकलापबीचको तादात्म्य मिलाउनुपर्ने उनले बताए । उद्योगी व्यवसायीहरु हैरान हुने, उपभोक्ताहरु सास्तीमा फस्ने विषयलाई निराकरण गर्ने गरी संशोधनमा जानुपर्ने उनले बताए ।

‘डिजिटलाइसेलनको भरपुर उपयोग गरेर भन्सार नाकाहरुलाई ‘आइल्यान्ड अफ एक्सिलेन्स’ (उत्कृष्टताको टापु) कै रुपमा अघि बढाउनुपर्ने हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?