+
+

अघिल्लो दिनकै मूल्यमा सुन कारोबार, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते ११:४२

७ चैत, काठमाडौं । बुधबार पनि अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

यसअघि मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । सोमबार १ लाख २४ हजार ५ सय रुपैयाँ तथा आइतबार १ लाख २५ हजारमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिन तोलाको १५२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १५२० मा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?