+
+

पाकिस्तान दिवसमा दूतावासमा झण्डोत्तोलन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १२:४१

११ चैत, काठमाडौं । पाकिस्तानको ८४औं राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा झण्डोत्तोलन गरिएको छ । राजदूत अबरार एच हाशमीले झण्डोत्तोलन गरेका हुन् ।

सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश वाचन गरिएको थियो । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मुस्लिमहरूको स्वतन्त्र राज्य प्राप्त गर्नका लागि पुर्खाहरूले गरेको बलिदानको स्मरण गर्दै काश्मिरी र प्यालेस्टिनीहरूमाथि भइरहेको दमन अन्त्यको कामना गरे ।

पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले पाकिस्तान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पाकिस्तानीलाई बधाई दिंदै पाकिस्तानलाई शान्ति, प्रगति र स्थायित्वको राष्ट्र बनाउने संकल्प गरे ।

कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदाय, दूतावासका अधिकारी र उनीहरुका परिवारका सदस्यहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?