+
+

होली सुरक्षाका लागि कोशीमा ११७ ठाउँमा चेकिङ, ४ हजार बढी प्रहरी परिचालन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १९:१४

११ चैत, विराटनगर। तराईमा खेलिने होलीमा उच्छृङखल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले होली पर्वमा हुने उच्छृङखल गतिविधि नियन्त्रणका लागि सतर्कता बढाएको हो ।

होलीको सुरक्षाका लागि कोशी प्रदेशका जिल्लाहरुमा ४ हजार ८ सय बढी प्रहरी परिचालन हुने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाले बताए । एसपी तिम्सिनाका अनुसार प्रहरीले प्रदेशका ११७ ठाउँमा चेकिङ, ९६ मोवाइल गस्ती, पैदल गस्ती, क्युआरटी परिचालन गर्नेछन्।

विराटनगरमा सिसी टीभीबाट पनि निगरानी हुने उनले बताए । उनका अनुसार त्यसबाहेक सुरक्षाका लागि ७ सय बढी प्रहरी परिचालित हुनेछन् । ३० भन्दा बढी स्थानमा चेकजाँच हुनेछ ।

मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाइ गर्ने बताएको प्रहरीले अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झै-झगडा गर्नेलगायत गतिविधि गर्नेलाई कारवाही गर्ने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?