+

औषधिमा ‘एमजी’ भनेको के हो ?

२०८० चैत  १४ गते १३:१६ २०८० चैत १४ गते १३:१६
औषधिमा ‘एमजी’ भनेको के हो ?

औषधिको कभरमा एमजी लेखेको त हामीले देखेकै छौं । यो भनेको औषधिको डोज अर्थात् मात्रा हो । एमजीको पूरा रुप मिलिग्राम हो । औषधिलाई तीन डोज अर्थात् मात्रामा विभाजन गरिन्छ । माइक्रोग्राम (एमसीजी), मिलिग्राम (एमजी) र ग्राम (जी) । जसमध्ये मिलिग्राम पनि एक हो ।

सरल भाषामा बुझ्नुपर्दा माइक्रोग्राम (एमसीजी) अर्थात् एक हजार एमसीजी बराबर एक एमजी हो । एमसीजीको औषधि एमदम न्यून मात्रामा चिकित्सकले लेखेर दिने गर्छन् । माइक्रोग्राम थाइराइड हार्मोनको गडबडी भएमा प्रेस्क्राइब गरिन्छ ।

माइक्रोग्राम र ग्रामको डोजको तुलनामा मिलिग्राम डोजको चिकित्सकले बढी प्रेस्काइब गर्छन् । यो पारासिटामोल, दुखाइको औषधि, मधुमेहको औषधि जस्तै मेटफोरमिन ५०० एमजी र प्रोस्टेट (ग्रन्थी)को औषधि एमजीमा हुन्छ । जस्तै- प्रोस्टेटको औषधिमा ०.४ एमजी यसलाई ४०० माइक्रोग्राम पनि भन्न मिल्छ । त्यस्तै ग्रामको डोज औषधि रोगको प्रकृति हेरेर धेरैजसो बाथ रोगमा एक ग्रामदेखि २५ ग्रामसम्मको डोज दिने गरिन्छ ।

रोगको प्रकृति र बिरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर औषधिको डोज निर्भर हुन्छ । त्यसैले बिरामीले औषधि माइक्रोग्राम, मिलिग्राम र ग्राम कतिको भनेर चिन्ता लिइराख्नु पर्दैन । चिकित्सकले नै बिरामीको अवस्थाअनुसार औषधिको डोज चयन गरेको हुन्छ । तर यी सबै औषधि चिकित्सकको परामर्श लिएर मात्र खान सकिन्छ ।

किन फरकफरक डोज दिइन्छ ?

बिरामीको रोगअनुसार डोज दिइन्छ । किनभने कुनै औषधि कम डोजले पनि काम गर्छ भने कुनै औषधिको डोज नम्बर ग्राम भएपनि काम मिलिग्रामको मात्र हुनसक्छ ।

औषधि टुक्रा गरेर खान मिल्छ ?

चिकित्सकको परामर्शअनुसार औषधि टुक्रा गरेर खान मिल्छ । तर आफूखुसी औषधिको डोज घटाउन वा बजारमा एउटै एमजीको औषधि नपाउँदा आधा चक्की खाने त्यस्तो गर्नुहुँदैन । किनकि सबै औषधि आधा टुक्रा गरेर खानुहुँदैन ।

कुन औषधि टुक्रा गरेर खाने, कुन नखाने कसरी थाहा पाउने ?

कुन औषधि टुक्रा गरेर मिल्छ र कुन नखाने भन्नेमा धेरैलाई जानकारी नहुन सक्छ । यस्तो अवस्थामा कुनै पनि औषधि सेवन गर्नुअघि सबैभन्दा पहिले औषधिमा लेखिएका निर्देशनलाई पढ्नुपर्छ । त्यसमा औषधिलाई धेरै पटक टुक्रा गरेर खान सकिन्छ वा खानु हुँदैन भन्ने लेखिएको हुन्छ । दोस्रो, औषधिमा लेखिएको छैन भने चिकित्सक वा मेडिकल पसलेलाई सोध्नुपर्छ । पानीमा घुल्ने चक्की (डिस्पर्सिबल ट्याब्लेट) वा क्याप्सुललाई गल्तीले पनि टुक्रा हुँदैन, यसले भित्रको पाउडर र त्यसको असर कम गर्न सक्छ ।

औषधि टुक्राएर खान सकिन्छ

स्वास्थ्य विज्ञहरूका अनुसार सबै ट्याब्लेट टुक्राएर खान सकिंदैन । केही औषधिमा बीचमा रेखा खिचिएको हुन्छ । यस्तो अवस्थामा औषधि टुक्रा गरेर खान सकिन्छ । ती औषधिलाई स्कोर ट्याब्लेट भनिन्छ । औषधिमा बीचमा कोरिएको रेखाको मतलब यसलाई टुक्रा गरेर खान सकिन्छ भन्ने संकेत हो । उदाहरणका लागि एउटा औषधिको ५०० मिलिग्रामको डोज लिनु छ र त्यही औषधिको मात्रै एक हजार मिलिग्रामको डोज बजारमा उपलब्ध छ भने यसलाई आधा टुक्रा गरेर खान सकिन्छ ।

‍औषधि एमजी डा. निमेश पौडेल
डा. निमेश पौडेल
लेखक
डा. निमेश पौडेल
जनरल फिजिसियन 

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ५१०३ एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन) काठमाडौं मेडिकल कलेजका पूर्वसहायक प्रध्यापक । हाल अल्का अस्पताल, ब्लुक्रस अस्पताल र एभरेष्ट अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय