+

मिर्गौला रोगको जोखिमबाट बच्न के गर्ने ?

२०८० चैत  १५ गते १४:०६ २०८० चैत १५ गते १४:०६
Shares
मिर्गौला रोगको जोखिमबाट बच्न के गर्ने ?

प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस दीर्घ मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज अर्थात् सीकेडी)ले ग्रसित छन् । १४ लाखभन्दा बढीले यसबाट ज्यान गुमाएको तथ्यांक छ ।

नेपालमा भने पर्याप्त तथ्यांक राख्ने प्रणाली (पपुलेसन बेस्ड नेसनल मिर्गौला रजिस्ट्री) नभएकाले वास्तविक दीर्घ मिर्गौला रोगीको संख्या यकिन छैन । यद्यपि ग्लोबल बर्डन अफ डिजिजेजको तथ्यांकमा आधारित एक राष्ट्रिय अध्ययन (अच्युतराज पाण्डे एट अल) अनुसार नेपालमा कुल जनसंख्याको ६-७ प्रतिशत दीर्घ मिर्गौलाका रोगी रहेका छन् भने मृत्युदर प्रतिलाख दुईदेखि तीन जना रहेको छ । साथै महिला भन्दा पुरुषमा दीर्घ मिर्गौला रोगको ‘प्रिभेलेन्स’ दर धेरै रहेको अध्ययनले बताएको छ ।

अस्वस्थकर जीवनशैली, प्रशस्त पिउने पानीको अभाव, मानसिक तनाव, मिर्गौलाको नियमित स्वास्थ्य जाँच नगर्नु यो रोग लाग्ने प्रमुख कारण हुन् । विश्वमा नसर्ने रोगका कारण हुने मृत्युदरमा दीर्घ मिर्गौला रोगको कारणले गर्दा हुने मृत्युदरको क्रम सातौं स्थानमा रहेको छ । जीवनभर रूग्ण-विकलाङ्ग भएर बाँच्नुपर्ने आयु अवधि गराउने प्रमुख कारकमा दीर्घ मिर्गौला रोगको स्थान २६ औं स्थानमा छ । मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला संक्रमणका बिरामीमा अन्तिम अवस्थाको मिर्गौला रोग हुने जोखिम उच्च रहने विभिन्न अध्ययनले देखाएका छन् ।

अन्तिम अवस्थाका मिर्गौलाका बिरामीले बाँच्नका लागि मिर्गौला प्रत्यारोपण या नियमित डायलाइसिस गर्नुपर्ने हुन्छ । मिर्गौला रोगका अन्तिम अवस्थाका जम्मा बिरामीमध्ये डायलाइसिस गराउनुपर्ने बिरामीको हिस्सा ९९ प्रतिशत हुन्छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनको रिपोर्टलाई आधार मान्दा नेपाल लगायत विश्वमै दीर्घ मिर्गौला रोगको भार र ‘प्रिभेलेन्स’ दर भयावह रुपले बढ्दो छ ।

नेपालमा गरिएको एक अध्ययन (कमल रानाभाट एट अल) अनुसार डायलाइसिस गरेका बिरामीभन्दा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र वातावरणीय स्वास्थ्यका अवयवहरू तुलनात्मक रूपमा राम्रो देखिएको थियो । यद्यपि अधिकांश डायलाइसिस सेन्टर तथा प्रत्यारोपण सेवा काठमाडौं केन्द्रित हुँदा बिरामीले समयमै दूरदराजबाट सेवा लिन सास्ती झेल्नुपरेको अवस्था छ । साथै नेफ्रोलोजिस्ट डाक्टरको सीमित संख्या, डायलाइसिस र प्रत्यारोपण सेवा पाउन लामो अवधिसम्म कुर्नुपर्ने बाध्यता, अपर्याप्त आर्थिक सुरक्षा तथा सरकारको सीमित स्वास्थ्य बिबीमा प्याकेज पनि समस्याका रूपमा छ ।

समग्रमा आधुनिक चिकित्सा प्रणालीमा मिर्गौला रोगको रोकथाम तथा थप जटिलता हुन नदिन प्रभावकारी चिकित्सा पद्दतिहरु उपलब्ध छन् । मिर्गौला रोगको साझा जोखिम तत्वहरुको रोकथाम गर्न पर्याप्त क्लिनिकल गाइडलाइनहरु उपलब्ध छन् । जस्तै उच्च रक्तचाप र मधुमेह रोग व्यवस्थापन गाइडलाइन आदि । यद्यपि कुल मिर्गौला रोगीमध्ये थोरैको मात्र रोग निदान भएको छ तथा निदान भएका बिरामीमध्ये थोरैले मात्र उपयुक्त उपचार पाएका छन् ।

मिर्गौला रोगको सुरुवाती  संक्रमण चरण प्राय: सुषुप्त हुने हुँदा अधिकांश मिर्गौला रोगीलाई आफ्नो रोगको प्रारम्भिक अवस्थाबारे थाहा नै हुँदैन । मिर्गौला रोगको निदान हुँदा समेत धेरै बिरामीले प्रभावकारी उपचार पाउन नसकेको अवस्था छ ।

मिर्गौला रोगको कारण कालान्तरमा पूरै काम नलाग्ने (किड्नी फेल) हुने, मृत्युदर बढ्ने, नियमित डायलाइसिस गरिरहनुपर्ने कारणले गर्दा प्रत्यक्ष-अप्रत्यक्ष आर्थिक भार बिरामीमा पर्ने, शारीरिक समस्या, मानसिक तनाव तथा सामाजिक सम्बन्धमा नकारात्मक असर आदिको समग्र कारणले दीर्घ मिर्गौला रोगीले गुणस्तरीय जीवनयापन गर्न नपाएको विभिन्न अनुसन्धानको तथ्यले बताएको छ ।

त्यसैले मिर्गौला रोगीलाई स्थानीय तहअन्तर्गत रहेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रदेखि नै छिटोछरितो र प्रभावकारी उपचार प्रदान गर्ने प्रणाली र वातावरणको निर्माण गर्न सरकार, चिकित्सा क्षेत्र र सम्बन्धित सरोकारवालाले भूमिका खेल्नु अपरिहार्य छ ।

कमल रानाभाट मिर्गौला रोग
कमल रानाभाट
लेखक
कमल रानाभाट
जनस्वास्थ्यविद्

रानाभाट जनस्वास्थ्यविद्को रुपमा कार्यरत छन् । उनी हार्वर्ड मेडिकल स्कुलका रिसर्च स्कलर तथा इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजीका रिसर्च फेलो समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’