+

भान्छाको औषधि प्याज

२०८१ वैशाख  २ गते १३:२५ २०८१ वैशाख २ गते १३:२५
Shares
भान्छाको औषधि प्याज

हामीले पकाउने प्राय: तरकारीमा प्याज अनिवार्य जस्तै प्रयोग भएको हुन्छ । त्यसैले हरेकको भान्छामा प्याज राखिएकै हुन्छ । दाल पकाउँदा होस् वा मासु पकाउँदा, आजभोलि त जुनसुकै तरकारीको परिकारमा पनि प्याज हालिएकै हुन्छ ।

पहिला अन्य तरकारीमा प्याजको प्रयोग नगरेपनि मासुमा भने प्याज अनिवार्य जस्तै गरी प्रयोग गरिन्थ्यो । त्यसबेला प्याज बिनाको मासु पाक्दैनथ्यो र मासु पकाउँदा प्याज धेरै हाल्ने चलन थियो । मासुमा किन प्याज हालिन्छ भन्ने खास कुरा थाहा नभएपनि प्राय:ले स्वाद बढाउन भन्ने सोच्छन् । तर त्यस्तो खास हुँदैन । खासमा मासुमा भएको चिल्लोपन र बोसो पचाउन औषधिको रुपमा काम गर्छ । यसमा भएको क्वेरसेटिन तत्वले पाचन इन्जाइम उत्पादन गर्न मद्दत गर्छ । यसले खानालाई टुक्राउन र पोषण तत्वलाई अवशोषित गर्ने काम गर्छ ।

प्याजमा मुख्यतया रसायनिक यौगिकमा क्वेरसेटिन, एलिसिन र फिसिटिन नामक तत्व हुन्छ । प्याजमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरिया, एन्टिडाइबेडिटक, एन्टिलिपिडेमिक, एन्टिफंगल र एन्टिक्यान्सर गुण हुन्छ । साथै भिटामिन ए, मिनरल्स, भिटामिन बी कम्प्लेक्स, सल्फर र एमिनो एसिड पनि हुन्छ ।

प्याजले आन्तरिक र बाह्य दुवैको औषधीय काम गर्छ ।

अनिद्राको समस्या हटाउँछ

प्याजमा हुने एलट्रिप्टोफान नामक तत्वले गर्दा अनिद्राको समस्या हटाउने हुन्छ । एक आवश्यक एमिनो एसिड हो । यसले मस्तिष्कको गतिविधिलाई सुस्त बनाउँछ । निद्रा लाग्ने गर्छ ।

क्यान्सरको जोखिम कम गराउँछ

प्याजमा सल्फर तत्व अधिक हुन्छ । यसमा भएको क्वेरसेटिन तत्वले क्यान्सर गराउने कोषिकालाई रोक्ने काम गर्छ । डीएनएमा क्षति हुनबाट पनि जोगाउँछ । सल्फरले शरीरका पेट, कोलोन, ब्रेस्ट, फोक्सो तथा प्रोस्टेट क्यान्सरबाट बचाउँछ । साथै यसले यौनाङ्गमा हुने संक्रमणको समस्याबाट जोगाउँछ ।

कोलेस्टोरेल नियन्त्रण गर्छ

काँचो प्याजमा हुने मिथाइल सल्फाइड तथा एमिनो एसिडले खराब कोलेस्टेरोललाई घटाएर राम्रो कोलेस्टेरोल बढाउन मद्दत गर्छ । साँघुरो भएको वा बन्द हुने अवस्थामा रहेको धमनीलाई खोल्छ । यसको नियमित सेवनले हाई ब्लड प्रेसरको समस्या भएकालाई सन्तुलनमा ल्याउने गर्छ । मुटुको समस्याबाट टाढा राख्छ ।

मधुमेह :  काँचो प्याज खाएमा यसले शरीरमा इन्सुलिन उत्पन्न गर्छ । मधुमेह भएकाले सलादमा नियमित रूपमा प्याजको सेवन गर्न सकिन्छ । यसले मधुमेहलाई नियन्त्रणमा राख्न सहयोग पुर्‍याउँछ ।

एनिमिया रोग हुनबाट जोगाउँछ

प्याजले रातो रक्तकोषिका निर्माण गर्न पनि सहयोग गर्छ । यसले एनिमिया हुनबाट पनि जोगाउँछ । त्यस्तै प्याज एन्टिप्लेटलेट हुन्छ । शरीरमा भएको प्लेटलेटहरुलाई एकसाथ टाँस्नबाट रोक्छ । यसले शरीरमा रगत जम्ने क्षमता घटाउँछ । महिनावारी नियमित गराउन मद्दत गर्छ ।

कब्जियत र पायल्सको समस्याबाट टाढा राख्छ

प्याजमा हुने रेसाले पाचन प्रणाली बढाउन मद्दत गर्छ । यसले पेटमा टाँसिएर रहेको खानालाई बाहिर निकाल्न मद्दत गर्छ, जसले पेट सफा राख्छ । कब्जियतको समस्या भएमा काँचो प्याज खान सकिन्छ ।

प्याजको बाह्य उपयोग

कपाल झर्ने समस्या फंगस इन्फेक्सनले गर्दा हुन्छ, जसकारण ठाउँ-ठाउँको कपाल झर्ने गर्छ । यस्तो अवस्थामा प्याजको रस राख्न सकिन्छ । यसमा भएको सल्फर तत्वले त्यहाँ भएका ब्याक्टेरिया नष्ट गर्छ र कपालको जरालाई बलियो बनाउँछ । त्यस्तै जोर्नी सुन्निने समस्या, शरीरमा कतै गाँठागुठी निस्किएमा पनि प्याजको प्रयोग गर्न सकिन्छ । यसमा प्याजलाई तलाएर त्यसको पट्टी बाँध्न सकिन्छ ।

कहिले र कति खाने प्याज ?

प्याजलाई खाद्यपदार्थमा प्रयोग गर्ने हो भने बिहानभन्दा बेलुका खानु उपयुक्त हुन्छ । किनकि बेलुका प्याज खाँदा राम्रो निद्रा लाग्छ र खाद्यपदार्थको रुपमा काँचो प्याज दिनको दुईवटासम्म खान सकिन्छ । तर औषधीय प्रयोगका लागि खाने हो भने प्याजको रस उपयुक्त हुन्छ ।

औषधिको रुपमा दैनिक १० देखि २० एमएल प्याजको रस पिउन सकिन्छ । तर उमेर र रोगअनुसार यसको मात्रा फरक-फरक हुन्छ । जस्तै, बालबालिकालाई कफ अड्किने समस्या भएमा प्याजको रसमा मिस्री थोरै घोलेर खुवाउन सकिन्छ भने वयस्क वा वृद्धलाई सोही समस्या भएमा प्याजको रस तताएर खान सकिन्छ । त्यस्तै प्याजको रसमा मह मिसाएर खाँदा यौन शक्ति बढाउँछ । यसका लागि चिकित्सकको परामर्श लिनु उचित हुन्छ ।

प्याज काँचो, पकाएर र रस बनाएर खान सकिन्छ । खाद्यपदार्थको रुपमा काँचो प्याज खानु उपयुक्त हुन्छ भने औषधीय प्रयोजनको लागि रस । यसो भन्दैमा पकाएर खानु नराम्रो होइन । यसमा भएको पकाउँदा भिटामिन सी र ए नष्ट हुन्छ ।

कसले खानु हँदैन ?

रगत पातलो गराउने औषधि खाइरहेको अवस्थामा प्याज खानु हँदैन । त्यस्तै गर्भावस्थाको पहिलो त्रैमासिकमा प्याजको बीउ खानु हुँदैन । यसले रगतलाई पातलो बनाएर गर्भ तुहिने सम्भावना हुन्छ ।

सन् २०१९ मा गरिएको एक अध्ययनले प्रत्येक वर्ष ३५ पाउन्ड प्याज र अन्य एलियम तरकारीहरू खपत गर्दा कोलोन क्यान्सरको जोखिम लगभग ८० प्रतिशतले घटाउन सक्छ । नेसनल ओनियन एसोसिएसनका अनुसार धेरै अमेरिकीले एक वर्षमा लगभग २२ पाउन्ड प्याज उपभोग गर्ने देखाएको छ । अन्य धेरै अध्ययनले दैनिक प्याजको उपभोग गर्दा मस्तिष्क, स्तन, फोक्सो, पाठेघर र पेटको क्यान्सरबाट जोगाउन मद्दत गर्छ ।

जसअनुसार प्याजका खास ६ फाइदा छ्न- क्यान्सरबाट जोगाउने, हड्डी बलियो बनाउने, पाचन प्रणाली बलियो बनाउने, कोलेस्टेरोल कम गर्ने र रगतमा सुगरको मात्र सन्तुलनमा राख्ने ।

खानामा प्रत्येक पटक प्याज गोलभेंडासँगै खाँदा फाइदा हुने वैज्ञानिकहरु बताउँछन् । वैज्ञानिकहरूले प्याजमा रहेको सल्फर यौगिकहरूले लाइकोपिनको अवशोषणलाई बढावा दिन्छ, गोलभेंडामा रहेको एन्टिअक्सिडेन्ट क्यान्सर र हृदयरोग, साथै मस्तिष्क, हड्डी र आँखाको स्वास्थ्यबाट बचाउन मद्दत गर्छ । यसलाई ओमेलेट, सलाद, सुप बनाएर खान सकिन्छ ।

त्यस्तै २०१६ को एक अध्ययनले मध्यम उमेर र रजोनिवृत्तिपछि आठ हप्तासम्म हरेक दिन चारवटा प्याजको रस पिउने मानिसको हड्डी बलियो भएको पत्ता लाग्थ्यो ।

औषधि डा. पुनेश्वर केशरी प्याज
डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै