अहिले ‘सिंगल प्यारेन्टिङ अर्थात् एकल अभिभावकत्व भन्ने शब्द निकै सुनिन्छ । विकसित देशमा मात्रै होइन, नेपाल र भारतमा पनि पछिल्लो समय एकल अभिभावकत्वको चलन बढिरहेको छ ।
यसअघि आमा वा बुवामध्ये एक जना कुनै परिस्थितिवश हराएमा वा मृत्यु भएमा एकल अभिभावक बन्नुपर्ने बाध्यता थियो । त्यतिबेला एकल आमा वा बुवाले बालबालिकाको हेरचाह गर्थे । उनीहरूलाई एकल अभिभावक भन्ने चलन थिएन ।
पहिले कुमारी आमाको कल्पना पनि गरिएको थिएन, सभ्य समाजमा कुमारी आमालाई निकै घृणित शब्द मानिन्थ्यो, तर अहिले यो शब्द सामान्य बनेको छ । अहिले यो चलन र स्टाटसको सिम्बोल बनेको छ ।
अविवाहित पुरुषको अवस्था पनि उस्तै थियो, तर अहिले समय फेरिएको छ । त्यतिबेला विवाहित जोडीलाई मात्र सन्तान जन्माउने अधिकार थियो । श्रीमान् श्रीमती दुवैले सन्तानलाई सँगै हुर्काउने गर्थे, एकल अभिभावकले हुर्काउने चलन थिएन ।
पहिले दुईजना विवाहित महिला भेट्दा एउटी महिलाले आफ्नो छोरालाई देखाएर भन्ने गर्थे, बुवा बाहिर गएका छन्, उसले मैले भनेको कुरा सुन्दैन र धेरै दुःख दिन्छ । यसको मतलब आमाबाबु एक्लै होइन, सहकार्यमा छोराछोरी हुर्काइरहेका छन् । तर अहिले एकल महिला वा पुरुषले एक्लै बच्चा हुर्काइरहेका छन् ।
युरोप र अमेरिकामा दुई प्रकारका एकल अभिभावक हुन्छन्, विवाहपछि सम्बन्धविच्छेद गरेर एकल अभिभावक बनेका र अविवाहित भएर सन्तान जन्माएका । बच्चालाई आफूसँगै राख्ने चाहनाले सम्बन्धविच्छेदपछि सन्तानको रेखदेखलाई लिएर पति-पत्नीबीच पटक-पटक झगडा हुने गर्छ ।
सन् २००९ मा रुसमा ७ लाख सम्बन्धविच्छेद भएको आँकलन छ । अमेरिकामा सन् १९६० मा एकल अभिभावकको संख्या ९ प्रतिशत थियो, जुन सन् २००० मा बढेर २८ प्रतिशत पुगेको छ ।
एक करोड ५० लाख बालबालिकाको हेरचाह आर्थिक अभावमा गरेको पाइन्छ । विवाहित जोडीको औसत आम्दानी करिब ८ लाख डलर र एकल आमाको औसत आम्दानी २४ हजार डलर रहेको छ । चीनमा १९औं शताब्दीमा १५ वर्षको उमेरमा सम्बन्धविच्छेदका कारण करिब ३३ प्रतिशत बालबालिकाले बाबु वा आमा गुमाएका थिए ।
सन् २०१० मा अमेरिकामा जन्मिएका सबै बालबालिकामध्ये ४०.७ प्रतिशत अविवाहित आमाबाट जन्मिएका थिए । एक अध्ययनअनुसार विश्वका करिब १५.९ प्रतिशत बालबालिका एकल अभिभावकसँग बस्छन् । अमेरिकी जनगणना ब्युरोका अनुसार ८४ प्रतिशत बालबालिका एकल आमासँग र १६ प्रतिशत एकल बुवासँग बस्छन् । ४५ प्रतिशत आमा सम्बन्धविच्छेद वा श्रीमानबाट अलग बस्दै आएका छन् भने ३४.२ प्रतिशत आमा अविवाहित छन् । विधवा आमाको संख्या १.७ प्रतिशत छ ।
व्यवसायीवर्गले एकल अभिभावकत्वको अभ्यासबाट सबैभन्दा बढी फाइदा लिन्छन् । एकल अभिभावकत्व सभ्य समाजका लागि अभिशाप र व्यापारी वर्गका लागि वरदान हो भनिन्छ । जब श्रीमान श्रीमतीले सम्बन्धविच्छेद गर्ने निर्णय गर्छ, वकिल र अदालतले काम र पैसा पाउँछन् ।
चर्चित व्यक्तिको सम्बन्धविच्छेद हुँदा मिडियामा यसको धेरै चर्चा हुन्छ । सम्बन्धविच्छेदपछि एकल आमाबाबु (पुरुष र महिला) डाक्टर, मनोचिकित्सक र विवाह सल्लाहकारहरूको कार्यालयमा जान्छन् । यस्तो अवस्थामा डिप्रेसनमा परेका एकल अभिभावकले लागूऔषधको समेत सहारा लिएको पाइएको छ । कतिपयले आत्महत्या समेत गरेका छन् ।
एकल अभिभावकत्वबारे महिला
सर्वेक्षणअनुसार सन् २०११ मा ४१ लाख महिलाले सन्तान जन्माएका थिए, जसमध्ये ३६ प्रतिशत महिला अविवाहित थिए, जुन सन् २००५ को तुलनामा ३१ प्रतिशतले बढी हो ।
अचम्मको कुरा, २०–२४ वर्ष उमेरका महिलामा यो ६२ प्रतिशत थियो । सर्वेक्षणमा सहभागी ३० प्रतिशत महिलाले पनि एकल आमाले दम्पतीले जस्तै सन्तान हुर्काउन सक्ने बताएकी छन् भने २७ प्रतिशतले नकारात्मक जवाफ दिएका छन् । ४३ प्रतिशतले यो सबै परिस्थितिमा भरपर्ने बताएका छन् । यसबाहेक ४२ प्रतिशत महिला र २४ प्रतिशत पुरुषले भविष्यमा एकल अभिभावक बन्नसक्ने अनुमान गरेका छन् भने ३७ प्रतिशत महिलाले सन्तान धर्मपुत्रलाई समर्थन गरेका छन् ।
३७ प्रतिशत विवाहित महिलाले श्रीमान् भन्दा बढी पारिश्रमिक पाउने अनुसन्धानले देखाएको छ । सन् १९६० मा ११ प्रतिशत परिवार मात्र आमाको आम्दानीमा निर्भर थिए । २००७ मा धेरै महिलाले पूर्ण–समय काम गर्ने इच्छा व्यक्त गरे, कोही काम नगर्ने पक्षमा थिए ।
एकल अभिभावकत्वको अवधारणाले परिवार टुक्रिन्छ
सम्बन्धविच्छेदपछि एक्लोपन हटाउन, समय बिताउन साथी खोज्छन् । उनीहरू नाचगान, बार, सिनेमा हल वा आफ्ना नयाँ महिला साथी वा पुरुष साथीलाई बाहिर घुम्न लैजाने गर्छन् । यस्तोमा बालबालिका पनि अभिभावकसँग बाहिर जाने भए र खर्च पनि बढ्ने भयो । यसरी धेरै खर्च अनावश्यक कुरामा हुँदा अत्यावश्यक कुरा पूरा गर्न भने गाह्रो हुन्छ । अनि परिवारमा झैझगडा हुने सम्भावना बढ्छ ।
अमेरिकामा सम्बन्धविच्छेदपछि महिलाले प्रायः दम्पतीले खरिद गरेको घर पाउँछन् । महिलाले दुई पटक सम्बन्धविच्छेद गरेमा दुईवटै घर पाउँछन् । बच्चाहरूको रेखदेखको जिम्मा महिलाले नै पाउँछन् । यस्तोमा बच्चाको पालनपोषणका लागि पुरुषले महिलालाई खर्च दिनुपर्छ । सामान्यतया, केटाकेटीले सप्ताहन्तमा सम्बन्धविच्छेद भएका बुबालाई भेट्न सक्छन् । समग्रमा, एकल अभिभावकत्वले बालबालिकाको भविष्यमा भने खासै नराम्रो प्रभाव पार्दैन ।
सम्बन्धविच्छेद रोक्न सकिंदैन तर सम्बन्धविच्छेदलाई न्यूनीकरण गर्नुमा समाजको हित हुन्छ । एकल अभिभावकको अवधारणा बढेपनि आमाबुबा दुवैको सहकार्यमा हुर्किनु बच्चाको लागि फाइदाजनक हुन्छ ।
एक सर्वेक्षणका अनुसार करिब ४० प्रतिशत अविवाहित महिलाले विवाह नगरी सन्तान जन्माउने इच्छा व्यक्त गरेका छन् । सर्वेक्षणमा सहभागी एक तिहाइ एकल आमाले बच्चालाई धर्मपुत्र बनाउने इच्छा व्यक्त गरेका छन् । अमेरिकी जनगणना ब्युरोले द्रुत रूपमा परिवर्तन हुँदै गएको पारिवारिक संरचनामा धेरै विषयमा सर्वेक्षण गरेपछि एकल आमाको प्रचलन बढ्दै गएको पाएको छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4