+

मल्टिपल स्क्लेरोसिस कस्तो रोग हो ?

२०८१ जेठ  २३ गते १८:३४ २०८१ जेठ २३ गते १८:३४
मल्टिपल स्क्लेरोसिस कस्तो रोग हो ?

आफ्नै शरीरलाई एन्टिबडीले नचिनेर नसाको झिल्ली बिगार्ने रोग मल्टिपल स्क्लेरोसिस हो । एन्टिबडीले माइलिन म्यान् अर्थात् नसामा भएको खोलमा क्षति पुर्‍याउँछ ।

मल्टिपल स्क्लेरोसिस हुँदा हातखुट्टा लाटो हुने वा झमझमाउने, आँखाको दृष्टिमा समस्या आउने, मांसपेशी कमजोर हुने, थकान महसुस हुने, रिंगटा लाग्ने, ध्यानकेन्द्रित गर्न गाह्रो हुने, शरीर दुख्ने, भावनात्मक, विवेक, विचार र स्मरणशक्तिमा कमी आउने, जीउ लाटो हुने, पिसाब रोक्न गाह्रो हुने, मुख बांगो हुने समस्या हुनसक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार करिब १८ लाख मानिस यस रोगबाट पीडित छन् । यो मुख्यतया चार प्रकारका मल्टिपल स्क्लेरोसिस मुख्य चार प्रकारको हुन्छ- क्लिनिकल्ली आइसोलेटेड सिन्ड्रोम (सीआईएस), रिल्यापसिङ रेमिटिङ, सेकेन्डरी प्रोग्रेसिभ र प्राइभरी प्रोग्रेसिभ ।

क्लिनिकल्ली आइसोलेटेड सिन्ड्रोम : यसमा दिमागको नसा बिग्रिएर हातखुट्टा नचल्ने लक्षण देखिन्छ ।

रिल्याप्सिङ रेमिटिङ : मस्तिष्क वा मेरुदण्डमा दाग आउने गर्छ, जसले हातखुट्टा नचल्ने, झमझमाउने, आँखाको दृष्टि धमिलो हुनेजस्ता लक्षण देखिन्छन् । बिस्तारै केही समयमा निको हुन्छ । फेरि ५–६ महिनामा रोग बल्झिने हुन्छ, जसलाई रिल्याप्सिङ रेमिटिङ भनिन्छ । यसमा सुरुको चरणमा लक्षण देखापर्ने बिस्तारै कम हुँदै निको हुने र फेरि बल्झिने हुन्छ । जस्तै आँखा धमिलो हुने र बिस्तारै आँखाले समस्या कम हुँदै पूरा निको हुने हुन्छ ।

सेकेन्डरी प्रोग्रेसिभ : लक्षण फेरि आउने र लामो समयलाई रहने र अलि सुधार भएको जस्तो हुने तथा पहिलाको समस्या पूर्ण रुपमा निको नहुँदै फेरि समस्या हुने गर्छ । यसमा फेरि-फेरि रोग बल्झिन सक्छ र तिनीहरूलाई बिस्तारै स्नायुप्रणालीले काम गर्न छोडेको पनि अनुभव हुन्छ ।

प्राइमरी प्रोगेसिभ : एकदमै गम्भीर किसिमले एकाएक बल्झिन सक्छ र निको नहुन पनि सक्छ । बिरामीको समस्या दिनप्रतिदिन बढ्दै जाने हुन्छ । रिल्याप्सिङ रेमिटिङमा जस्तो नभई यो रोग फेरि-फेरि देखा परेर बीचबीचमा चर्किंदै जान्छ । विभिन्‍न अवधिमा रोगको बढ्ने क्रम फरक–फरक हुनसक्छ । ४० वर्षपछि मल्टिपल स्क्लेरोसिस हुनेहरूमा यो बढी देखिन्छ ।

कारण

रोगप्रतिरोधात्मक क्षमता कम हुनु र वंशाणुगत कारण पनि यसका कारक हुन् भने विभिन्न अध्ययनका अनुसार भिटामिन डी को कमी हुँदा र भाइरल संक्रमणका कारण यो समस्या देखिने सक्छ । साथै धेरै चिसो स्थानमा बसोबास गर्नेहरुमा पनि बढी हुने गरेको पाइन्छ ।

यसको जोखिम ककसलाई हुन्छ ?

मल्टिपल स्क्लेरोसिस २० देखि ४० वर्ष उमेरका व्यक्तिलाई बढी हुने जोखिम हुन्छ । यसले पुरुषभन्दा महिलालाई बढी असर गर्छ तर यसको कुनै कारण वा प्रमाण छैन ।

उपचार गर्नुअघि सुरुमा त के कारणले भएको पत्ता लगाउनुर्छ । जसको लागि एमआरआई विभिन्न दाग देखिने मेरुदण्डबाट पानी निकालेर जाँच गरिन्छ ।

उपचार

उपचार गर्नुअघि सुरुमा त के कारणले भएको पत्ता लगाउनुर्छ । जसका लागि एमआरआई विभिन्न दाग देखिने मेरुदण्डबाट पानी निकालेर जाँच गरेर रोग पत्ता लगाउनुपर्छ । त्यसपछि मात्र उपचार सुरु हुन्छ । तर यसको ठ्याक्कै यही उपचार भनेर छैन । तर निरन्तर बढ्दै जाने रोग भएकाले यसलाई नियन्त्रण गर्न केही औषधि प्रयोग गर्ने गरिन्छ । इम्युनो मोडुलेटर जस्तै इन्टरफियरअन औषधिको प्रयोग गर्न सकिन्छ । यसले बिरामीको शरीरको प्रतिरक्षा बढाएर रोगसँग लड्न मद्दत गर्छ ।

एकदम कडा र गम्भीर अवस्थामा इन्ट्राभेनस इम्युन ग्लोबुलिन आईभीआईजी एन्टिबडी दिन सकिन्छ । यो मानव एन्टिबडीहरु मिलेर बनाएको हुन्छ, जुन बिरामीलाई नसामार्फत दिने गरिन्छ । कहिलेकाहीं बिरामीको रगत नै फेर्नुपर्ने हुन्छ, यस्तो अवस्थामा प्लाज्मा थेरोसिस गरिन्छ । जसमा बिरामीको सेतो रगतलाई निकालेर स्वस्थ सेतो रगत फेरिन्छ । नियमित व्यायाम गर्ने र स्वस्थ सन्तुलित खानेकुरा खाने गर्नुपर्छ ।

पूर्णरुपमा निको हुन्छ ?

यो रोगलाई निर्मूल गर्न सकिंदैन, तर यसलाई नियन्त्रण वा रोकथाम गर्न सकिन्छ । त्यसैले यो रोगको लक्षण देखापर्ने बित्तिकै उपचार गरिहाल्नुपर्छ । यसले शरीर अपांगता हुनबाट जोगाउने वा रोक्न सकिन्छ ।

सास फेर्न नसामा, मुटुको नसामा समस्या मल्टिपल स्क्लेरोसिस भएमा बिरामीको मृत्युसमेत हुनसक्छ ।

खर्च कति पर्छ ?

मल्टिपल स्क्लेरोसिस यो एकदम कष्टकर रोग मानिन्छ । किनभने यसमा बिरामीलाई प्लाज्मा थेरोसिस गर्न लगभग साढे तीन लाख र आईभीआईजीको लागि साढे तीनदेखि पाँच लाख रुपैयाँसम्म पर्छ । यो बिरामीको तौल अनुसार फरक-फरक हुन्छ । यसको औषधि एकदम महँगो खालको हुन्छ ।

डा. दीपेश शाही नसारोग मल्टिपल स्क्लेरोसिस स्वास्थ्य
डा. दीपेश शाक्य
लेखक
डा. दीपेश शाक्य
वरिष्ठ नसारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७८४० एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), न्युरोलोजी (केएमसीटीएच, केयू), न्यूरोलोजीमा स्नातकोत्तर प्रशिक्षण। हाल काठमाडौं डिल्लीबजारस्थित सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस र रातोपुलस्थित नेसनल बाथरोग सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय