+

आईसीसी टी-२० विश्वकपबाट कतै पाकिस्तान बाहिरिएको त छैन ?

२०८१ जेठ  २९ गते ७:३१ २०८१ जेठ २९ गते ७:३१
आईसीसी टी-२० विश्वकपबाट कतै पाकिस्तान बाहिरिएको त छैन ?

२९ जेठ, काठमाडौं । पाकिस्तानले टी–२० विश्वकप २०२४ मा खराब सुरुआत गरेकोमा कुनै दुविधा नै रहेन । अमेरिकासँग सुपर ओभरमा हार व्यहोरेपछि भनिएको थियो, ‘यो त पाकिस्तानी क्रिकेटका लागि कालो दिन हो ।’

पाकिस्तानी क्रिकेटले एसोसियट देशविरुद्धको हार पचाउनै सकेन । पाकिस्तान त्यसपछि आफ्नो दोस्रो खेलमा भारतसँग पनि पराजित भयो । त्यसपछि त अझ भनिएको छ, पाकिस्तानी क्रिकेटकै समाप्ती भएको छ ।

छिमेकी भारतसँगको हार त पाकिस्तानी क्रिकेटले कहिले पनि पचाउनै सक्दैन ।

टी-२० क्रिकेट महासंग्राममै पाकिस्तानी टिमको कमजोर प्रदर्शन भएपछि यतिबेला टिमका प्रशंसकहरू असाध्यै निराश छन् । अझ आमपाकिस्तानीले त भन्न थालिसकेका छन्, ‘त्यसै पनि जीवन कठिन छ, त्यसमाथि आफ्नो क्रिकेट टिमले दुःख मात्र दिइरहन्छ, सुख नै दिँदैन ।’

आज मंगलबार पाकिस्तानको तेस्रो खेल यो क्यानाडाविरुद्ध छ । जारी विश्वकपमा यो पाकिस्तानको तेस्रो खेल हो । तर खेल हुनुपूर्व सबै एकपल्ट पक्कै झस्केको हुनुपर्छ ।

प्रश्न हो, कतै पाकिस्तान प्रतियोगिताबाटै बाहिरिएको त छैन ? अझ सजिलो भाषामा भन्दा के पाकिस्तानको सुपर–एटको बाटो त बन्द भएको छैन ?

अहिले सबैको ध्यान यसमै छ ।

यसपल्टको प्रतियोगितामा २० टिम सहभागी छन् । तिनलाई चार समूहमा विभाजन गरिएको छ । त्यो भनेको प्रत्येक समूहमा पाँच टिम छन् ।

लिग चरणको समाप्तीमा प्रत्येक समूहको शीर्ष दुई स्थानमा रहने टिम सुपर–एट पुग्ने छन् । पाकिस्तानको यही सुपर–एट पुग्ने बाटो सहज छ त ?

– छैन ।

एउटा तथ्य के निश्चित भइसकेको छ भने अब पाकिस्तानलाई आफूले खेल्न बाँकी दुई खेल जितेर मात्र पुग्दैन । समूहका अरू खेलको नतिजा पनि उसको पक्षमा आउनु पर्नेछ । अहिले तत्कालका लागि भारत र अमेरिका समान दुई जितबाट चार चार अंकमा छन् । त्यसैले उनीहरू शीर्ष दुई स्थानमा छन् । यो समूह ‘ए’ मा पाकिस्तान पुछारबाट दोस्रो स्थानमा छ, शून्य अंकमा ।

आयरल्यान्डको पनि शून्य अंक नै छ, खाली नेट रन रेटका कारण पाकिस्तान अलिकति अगाडि देखिएको मात्र हो ।

पाकिस्तानको अन्तिम खेल आइतबार आयरल्यान्डविरुद्ध छ । सिधा कुरा के भन्दा पाकिस्तानले सबैभन्दा पहिले यी दुवै खेल जित्नु पर्नेछ । जितबाहेक अन्य टिमको नतिजाले पनि पाकिस्तान बाहिरिन्छ । यी दुई खेलमा मौसमको उत्तिकै भूमिका हुनेछ ।

खेलका क्रममा पानी परेर स्पष्ट नतिजा आउन सक्दैन भने पनि पाकिस्तान प्रतियोगिताबाट बाहिन सक्छ । भारत र अमेरिकाको खेलमा पनि पानी पर्दा घाटा हुने पाकिस्तानलाई नै हो, यी दुई टिमलाई होइन ।

क्यानाडा र आयरल्यान्डविरुद्ध पाकिस्तानलाई जितेर मात्र पुग्दैन । जित पनि कस्तो चाहिन्छ भने ठूलो अन्तरको । त्यस्तो जित जसले पाकिस्तानको नेट रन रेट बढाउनेछ । एक स्थितिमा नेट रन रेट साँच्चै निर्णायक हुन सक्नेछ । पाकिस्तानी बाँकी दुवै खेल जितेको स्थितिमा भारतले पनि बाँकी दुई खेल जित्नु पर्नेछ । भारतका यी खेल अमेरिका र क्यानाडाविरुद्ध छ । अनि आयरल्यान्डले भने अमेरिकालाई हराउनु पर्नेछ । यस्तो नतिजा शृंखलाको पूरापूर सम्भावना छ नै ।

त्यस स्थितिमा भारतको चार खेलबाट आठ अंक हुनेछ । पाकिस्तान र अमेरिका समान चार अंकमा हुनेछन् । यस्तोमा सुपर–एट जाने दोस्रो टिमको निर्णय हुने नेट रन रेटले नै हो । तर यसअघि नै भारतले एक अर्को जित आत्मसात् गर्छ भने अमेरिकाले पनि आयरल्यान्डलाई हराउँछ भने पाकिस्तानसामु एउटै मात्र विकल्प हुनेछ, चाँडै घर फर्कने । यो स्थिति कोही पनि पाकिस्तानी क्रिकेट प्रशंसकलाई झन पच्ने छैन्, यो त तय जस्तै छ ।

आईसीसी क्रिकेट विश्वकप पाकिस्तान क्रिकेट टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय