+

गर्भावस्थामा कुन महिनादेखि लामो यात्रा गर्नुहुँदैन ?

२०८१ जेठ  ३२ गते १५:५३ २०८१ जेठ ३२ गते १५:५३
Shares
गर्भावस्थामा कुन महिनादेखि लामो यात्रा गर्नुहुँदैन ?

गर्भावस्थाको समयमा महिलाले अन्य समयमा भन्दा धेरै आफ्नो हेरचाह गर्नुपर्छ । उठ्दा, बस्दा र हिंड्दा सावधानी अपनाउनुका साथै खानपानमा पनि धेरै ध्यान पुर्‍याउनुपर्छ । त्यसैगरी गर्भावस्थामा यात्रा गर्नुअघि पनि धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ ।

सामान्यतया गर्भवती महिलाले सम्भव भएसम्म गर्भावस्थाभर लामो दूरीको यात्रा नगर्नु नै राम्रो हुन्छ । विशेषगरी पहिलो तीन महिनामा लामो यात्रा तथा गाह्रो काम गर्दा गर्भ खेर जान सक्ने जोखिम हुन्छ । अन्तिम तीन महिनामा पनि यात्रामा गाह्रो वा थकित हुने गतिविधिले समय नपुगी व्यथा लाग्न सक्छ ।

त्यसबाहेक पेट दुखेको छ, टाउको दुखेको छ वा ज्वरो आएको छ, रक्तस्राव भएको छ वा अन्य कुनै स्वास्थ्य समस्या छ भने पनि लामो दूरीको यात्रा नगर्नु नै लाभदायक हुन्छ । कच्ची बाटो, अप्ठ्यारो तथा खाल्डाखुल्डी बाटोमा यात्रा गर्नुहुँदैन । यसले गर्भ तुहिने जोखिम हुन्छ ।

विशेषगरी पहिलो त्रैमासिकमा लामो यात्राबाट जोगिनु नै राम्रो हुन्छ । यो समयमा महिलालाई थकान, कमजोरी, बान्ता जस्ता समस्या हुनसक्छ । यस अवधिमा यात्रा गर्दा गर्भपातको जोखिम बढ्न सक्छ ।  गर्भावस्थाको समयमा छोटो दूरीको यात्रा भने गर्न सकिन्छ ।

कुन महिनामा यात्रा गर्नु सुरक्षित ?

गर्भावस्थाको दोस्रो चरण १४ देखि २८ हप्ताको बीचमा यात्रा गर्नु उपयुक्त मानिन्छ । किनभने यस अवधिमा बान्ता हुने र कमजोरी हुने समस्या कम हुन्छ । यद्यपि, लामो यात्राबाट जोगिनैपर्छ, किनभने लामो यात्राको क्रममा बस्न गाह्रो हुनसक्छ । खुट्टा सुन्निन सक्छ । यात्रा गर्नैपर्ने अवस्था छ भने दोस्रो त्रैमासिक राम्रो विकल्प हुनसक्छ ।

गर्भावस्थामा महिलाहरू धेरै पटक शौचालय जानुपर्ने हुन्छ, जसले समस्या निम्त्याउन सक्छ । त्यसैले महिलाले गर्भावस्थामा आफ्नो सुविधालाई ध्यानमा राखेर मात्रै यात्राको योजना बनाउनुपर्छ ।

गर्भावस्थामा यात्रा गर्दा केके कुरामा ध्यान दिने ?

छोटो दूरीको यात्रा जस्तो दुई-तीन घण्टाको राम्रो पिच बाटो छ भने त्यसमा समस्या हुँदैन । बिस्तारै सवारीसाधन रोक्दै-रोक्दै जान मिल्छ । गर्भावस्थामा गाडी चलाएर वा बसेर लामो दूरीको यात्रामा जानुपर्ने बाध्यता छ भने बाटोमा सानो सानो ब्रेक लिएर आराम गर्दै जानुपर्छ । तर सार्वजनिक यातायातमा यात्रा गर्दा भने असहज हुन्छ ।

अलि लामो दूरीको यात्रा गर्नुपर्ने छ भने जहाजबाट गर्नु राम्रो हुन्छ । मोटरसाइकल र गाडीको तुलनामा जहाजको यात्रा धेरै सुरक्षित हुन्छ ।

गर्भको अवस्था हेरेर चिकित्सकको सुझाव अनुसार मात्र यात्रा गर्नुपर्छ । यदि सुरुदेखि नै गर्भमा समस्या छ भने यस्तो अवस्थामा अलि बढी ध्यान पुर्‍याउनुपर्छ ।

गर्भावस्था गर्भावस्थामा यात्रा डा. बालकृष्ण साह
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?