+

मोलुस्कम कन्टाजियोसम कस्तो रोग हो ?

२०८१ साउन  २१ गते १६:५४ २०८१ साउन २१ गते १६:५४
Shares
मोलुस्कम कन्टाजियोसम कस्तो रोग हो ?

नेपालमा पछिल्लो समय किशोरकिशोरी, युवायुवती तथा वयस्कहरूमा यौन संक्रमणमको समस्या बढ्न थालेको छ । त्यसमध्ये पनि मोलुस्कम कन्टाजियोसमको संक्रमण तीव्र रूपमा बढ्दै गएको देखिएको छ ।

मोलुस्कम कन्टाजियोसम एक प्रकारको भाइरल संक्रमण हो, जुन छालामा स-साना गाँठाहरूको रूपमा देखा पर्छ । वयस्कहरुमा यो भाइरस प्रायः यौन सम्पर्कको माध्यमबाट फैलिन्छ, जसकारण यो उमेर समूहमा यसको दर बढ्दै गएको देखिन्छ ।  हुन त स-साना बालबालिकाहरुमा पनि यो समस्या नदेखिने भने होइन । संक्रमित व्यक्तिको सम्पर्कमा अएपछि यो रोग सर्छ ।

लक्षण

मोलुस्कम कन्टाजियोसमको संक्रमणले स-साना, गोलाकार, चिल्लो र मोती जस्तै सेतो गाँठाहरु उत्पन्न गर्छ । यी गाँठाहरू प्रायः २-५ मिलिमिटर व्यासका हुन्छन् र यी गाँठागुठीहरु यौनाङ्ग वरिपरि देखिन्छन् । गाँठाहरू प्रायः नदुख्ने तर कहिलेकाहीं चिलाउने वा रातो हुने हुन्छ ।

जटिलता

यो संक्रमण सामान्यतया गम्भीर हुँदैन, तर केही अवस्थामा गाँठाहरूमा संक्रमण भएर छालाको अरू समस्या उत्पन्न हुनसक्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा यो संक्रमण लामो समयसम्म रहन सक्छ । त्यसले जटिलता पनि निम्त्याउन सक्छ ।

सर्ने कारण

मोलुस्कम कन्टाजियोसम प्रायः प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ, विशेषगरी यौन सम्पर्कको माध्यमबाट । साथै, संक्रमित वस्त्र, तौलिया वा अन्य व्यक्तिगत सामग्रीको साझा प्रयोगबाट पनि यो संक्रमण फैलिन सक्छ । बच्चाहरूमा यो संक्रमण खेल्ने क्रममा प्रत्यक्ष सम्पर्कबाट सजिलै फैलिन सक्छ । यी संक्रमण बढ्नाको मुख्य कारणमा असुरक्षित यौन सम्पर्क, पर्याप्त यौन शिक्षाको अभाव र यौन संक्रामक रोगहरूका विषयमा सचेतनाको कमी भएको पाइएको छ । साथै, यो संक्रमण सजिलै फैलिने र प्रायः नचिलाउने र नदुख्ने भएकाले मानिसहरूले यसलाई गम्भीर रूपमा नलिने प्रवृत्तिले गर्दा यसको संक्रमण दर बढ्न थालेको पनि हुनसक्छ ।

निवारण के छ ?

यस संक्रमणबाट बच्न केही प्रभावकारी उपाय अपनाउन सकिन्छ । पहिलो र महत्वपूर्ण कुरा भनेको असुरक्षित यौन सम्पर्क नगर्नु नै हो । यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्नुपर्छ । यसले मोलुस्कम कन्टाजियोसम लगायत अन्य यौन संक्रामक रोगहरूबाट बच्न मद्दत पुर्‍याउँछ, तर शतप्रतिशत सुरक्षित चाहिं हुँदैन ।

दोस्रो, किशोरकिशोरी, युवायुवती तथा वयस्कहरूमा यौन शिक्षामा ध्यान दिनु र उनीहरुलाई यौन स्वास्थ्यका बारेमा सचेत पार्नु हो । तेस्रो, संक्रमण भएका व्यक्तिले तुरुन्त चिकित्सकीय परामर्श लिनु र उपचार गराउनुपर्छ । व्यक्तिगत सामग्रीको साझा प्रयोग नगर्नु र आफ्नो सरसफाइमा ध्यान दिनुपर्छ ।

छाला तथा यौनरोग डा. विकास पौडेल
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

समग्र स्वास्थ्यको आधार, मुख स्वास्थ्य

समग्र स्वास्थ्यको आधार, मुख स्वास्थ्य