+
+

नक्कली फेसबुक आईडी बनाएर बिहेको प्रलोभन देखाउँदै ठगी, एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १७:०५

२ मंसिर, काठमाडौं। नक्कली फेसबुक आईडी बनाएर बिहेको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–५ घर भइ काठमाडौं चन्द्रागिरी बस्दै आएका रुद्रबहादुर तामाङ छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरीको हाईभिजन कोलोनीबाट पक्राउ गरेको हो ।

उनले फेसबुकमा केटी साथी बनाउँदै आफू सिंगापुरे लाहुरे भएको परिचय दिन्थे ।

आफूसँग बिहे गरे सिंगापुर लैजाने भन्दै उनले प्रलोभन समेत देखाउँथे। केटीहरुलाई विश्वासमा दिलाउनका लागि कागजातहरु समेत पठाउने गरेको खुलेको छ ।

त्यसपछि कागजात बनाउनुपर्छ भन्दै चेक तथा नगद गरेर पटक पटक २७ लाख ८३ हजार २ सय रुपैयाँ ठगी गरेको खुलेको छ । उनीबाट अन्य कोही पीडित भए सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?