+
+

दैलेखमा बोक्सी आरोपमा एक जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १३:४१

६ मंसिर, सुर्खेत । दैलेखमा बोक्सीको आरोपमा एक जनाको हत्या भएको छ ।

दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको बुधवार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

हत्या आरोपमा कर्णबहादुरकै भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, कर्णबहादुर गाउँका धामी थिए ।

बुधबार राति कर्णबहादुरको घर गएका भुवनसिंहले सुरुमा पानी मागेर खाएका थिए । त्यसको केही समयपछि एक्कासी आफूलाई बोक्सी लागेर बिरामी पारेको भन्दै धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक सुनारले बताए ।

हतियार प्रहारबाट घाइते भएका कर्णबहादुरलाई दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?