+

नेपालका अग्रिम शैंजुले उचाले जुनियर चेसको उपाधि

२०८१ पुष  २९ गते १७:४६ २०८१ पुष २९ गते १७:४६
नेपालका अग्रिम शैंजुले उचाले जुनियर चेसको उपाधि

२९ पुस, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा शनिबारदेखि तिन दिन सम्म चलेको नेपाल-भारत मैत्री विद्यालय बुद्धिचाल प्रतियोगितामा नेपालका अग्रिम शैंजुले भारतका एसे एबर भुटिया माथि जित दर्ता गर्दै उपाधि जित्न सफल भएका छन्।

यू-११ उमेर समूहको चौथो चरणमा पेभेलियन चेस एकेडेमीका अग्रिम शैंजुले सिक्किम चेस एशोशियसन, भारतका चेस खेलाडी एसे एबर भुटियालाई पराजित गर्न सक्नु नै उपाधिको कारण बनेको थियो।

यसै समूहमा पाँचौ चरणको खेल विजेतासँग गुमाउदा आयोजक पुष्पसदन स्कूलका हार्दिक पन्त ६ अंकका साथ दोस्रो स्थानम रहे । भारतका एसे एबर भुटिया टाइब्रेकरमा तेस्रो हुँदै प्रतियोगिताको अन्त्य गरेका छन्।

यसैगरी गोल्डेन पिक हाई स्कूलका आयुष शर्मा र लेब्रेटोरि स्कूलका अंकुर पोखरेल समान ५.५ अंक जोड्दै चौथो र पाँचौं स्थानमा रहे । क्रमशः माछापुच्छ्रे आई वोर्डिङ स्कूलका साहस श्रेष्ठ, अन्नपूर्ण स्कूलका अविरल तामाङ, पुष्पसदनका शुभम् बास्कोटा, सिक्किम चेसका यधन्त अग्रवाल, स्वस्तिश्री गुरुकलका एआईएम आर्नभ अर्याल समान ५ अंक जोडेर दसौं स्थानसम्म उभिन सफल बनेका छन्।

यसैगरी यू१३ छात्रतर्फको प्रतिस्पर्धामा ६.५ अंकका साथ सिक्किम चेस एशोशियसनका निरभ ढकालले पहिलो स्थान हात पारेका छन्। पाठशाला स्कूलका ओस्कार पन्थी ६ अंक बनाएर द्वितीय स्थानमा रहे भने समान ६ अंक जोडेका त्रियोग हाई स्कूलका आभाष रिमाल तृतीय स्थानमा रहन सफल भए।

यसै समूहमा अन्नपूर्ण स्कूलका युनिष खड्का ५.५ अंक बनाई चौथो भए। ज्ञानोदय बालबाटिकाका प्रविर केसी, हिमालयन चेस एकेडेमीका सात्विक मान तुलाधर, त्रियोगका सम्पन्न बज्राचार्य, श्रीजनकल्याणका सोहन श्रेष्ठ, माउण्ट भ्यूका सत्यम पाठक र हिमालयन बोर्डिङ स्कूलका गौरव पौडेल समान ५ अंक बनाउदै दसौं स्थानसम्म रहे।

यता यू१५ समूहमा भारतका अभनिश प्रधानले उत्कृष्ट खेल प्रस्तुत गर्दै उपाधि उचालेका छन्। सिक्किम चेस एशोसियशन, भारतबाट प्रतियोगितामा सहभागी भएका विजेता अभनिश प्रधानले सात चरणको खेल खेलि अपराजित ७ अंक जोडेर च्याम्पियन भएका छन्।

पुष्पसदन स्कूलले आयोजना गरेको विद्यालयस्तरीय प्रतियोगिता यसै समूहमा आयोजक स्कूलका सुप्रभ सागर श्रेष्ठले ५.५ अंक बनाउँदै दोस्रो स्थान हात पारेका छन्। समान ५.५ अंक प्रोग्रेसिभ टाइब्रेकर पोइन्टका आधारमा मातृभूमि स्कूलका सविद प्रजापति तृतीय हुन पुगे।

यस्तै त्रियोग हाई स्कूलका सइस धिमिरे, संस्कृति अन्तर्राष्ट्रिय स्कूलका स्पर्श सरावगि, अन्नपूर्णका आयुष बोहरा, पेभेलियन चेस एकेडेमीका कसिभ कार्की, हिल टाउन स्कूलका रसिल महर्जन र हिमालयन चेस एकेडेमीका रिचेन डोमजोन समान ५ अंक प्राप्त गर्दै क्रमशः चौथो देखि नवौं स्थान ओगट्न सफल रहे। त्रियोग हाई स्कूलका सक्रित कुइकेल ४.५ अंक जोडेर दसौं भए।

पुष्पसदन बुद्धिचाल प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय