+

आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक

२०८१ माघ  २४ गते १०:१५ २०८१ माघ २४ गते १०:१५
आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक

२४ माघ, काठमाडौं । सरकारी कर्मचारी सरह सेवा सुविधाको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकका माग सम्बोधन गर्न सरकार सकारात्मक भएको छ ।

आवासीय चिकित्सकको पारिश्रमिक आठौं तहका सरकारी कर्मचारी सरह ४८ हजार ७ सय रुपैयाँ दिन सरकार सकारात्मक भएको हो ।

बुधबार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, वरिष्ठ चिकित्सक र आवासीय चिकित्सकका प्रतिनिधिहरुसहित छलफल भएको थियो । सो छलफलमा आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओलीसमेत सकारात्मक देखिएको एक सहभागीले बताए । तर चिकित्सा शिक्षा आयोगसँग प्रधानमन्त्री ओलीले छलफल गरेपछि लिखित सम्झौता हुनेछ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गर्दै पहिलो वर्षमा २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्षमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको थियो । त्यसपछि चिकित्सकहरुले आन्दोलनको घोषणा गरेपछि पुनरावलोकन गर्न सरकार सकारात्मक भएको हो ।

वार्ता सकारात्मक भएपनि सम्झौता नभएसम्म पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम यथावत रहने स्वास्थ्यकर्मीहरुका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले बताए । ‘राति छलफल भएको हो । छलफल सकारात्मक भएको छ । तर सम्झौता भएको छैन । हाम्रो कार्यक्रम यथावत रहन्छ,’ उनले भने ।

आज पठनपाठन समेत रोक्ने चेतावनी आवासीय चिकित्सकहरुले दिएका छन् ।

आवासीय चिकित्सक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय