१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद गगनकुमार थापाले नेपाली महिला फुटबल टोलीले देखाएको संघर्ष र मेहेनत प्रेरणादायी भएकव टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएपनि नेपाल फेरि बलियो रूपमा फर्कने बताएका हुन् ।
उनले लेखेका छन्, ‘नेपाल महिला फुटबल टोलीले फोर नेसन्स कपको फाइनलमा म्यानमारविरुद्धको प्रतिस्पर्धामा सोचेजस्तो नतिजा हासिल गर्न सकेन। हामीले जित हुँदा जसरी खुसी मनाउँथियौ, पराजयमा पनि हतोत्साह होइन, अझ मजबुत भएर फर्किने प्रेरणा दिऔँ। फाइनलसम्मको यात्रामा देखाएको संघर्ष, मेहनत र समर्पण प्रेरणादायी छ। अझ राम्रो खेल्दै नेपालले फेरि बलियो रूपमा फर्कनेछ।’
नेपालको फाइनल खेलपछि कलाकारदेखि राजनीतिज्ञसम्मका व्यक्तिहरूले चासोका साथ हेरिरहेका छन् ।
नेपाल फाइनलमा बुधबार म्यानमारसँग पराजित भएको थियो ।
 
                    










 २०८१ फागुन  १५ गते २१:१३
                        २०८१ फागुन  १५ गते २१:१३                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4