+

झापा एफसीमा अर्का उज्वेक खेलाडी

२०८१ फागुन  २७ गते १४:३२ २०८१ फागुन २७ गते १४:३२
झापा एफसीमा अर्का उज्वेक खेलाडी

२७ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि झापा एफसीले उज्वेकिस्तानका अर्का खेलाडीलाई अनुबन्ध गरेको छ ।

झापाले उज्वेकिस्तानका अट्याकिङ मिडफिल्डर मुहम्मद इसाएभलाई मंगलबार अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।

झापाले एनएसएलका लागि अनुबन्ध गरेको उनी तेस्रो विदेशी खेलाडी हुन् । झापाले यसअघि उज्वेकिस्तानकै अजामात अब्दुलेभ र सर्वियाका लाजार अर्सिकलाई अनुबन्ध गरिसकेको छ ।

लकेन लिम्बु मार्की प्लेअर रहेको झापाले प्रवेश कटुवालाई तेस्रो संस्करणका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । झापाले डिफेण्डर छिरिङ लामालाई अक्सनअघि रिटेन गरेको थियो ।

यसैगरी अक्सनबाट झापाले क्याटेगोरी ए बाट आशिष गुरुङलाई अनुबन्ध गर्दा क्याटेगोरी बी बाट झापाले अभिनाश स्याङ्गता, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राईलाई अक्सनमा अनुबन्ध गरेको थियो ।

झापाले क्याटेगोरी सी बाट सृजन दानी, आरोन थापा, श्याम मुर्मु, अभिषेक गुरुङलाई अनुबन्ध गरेको छ । झापाले विदेशी कोटाबाट प्रविन बस्नेतलाई अनुबन्ध गरिसकेको छ ।

झापाले यस पटक कोशी प्रदेशको एक्लो क्लबको रुपमा एनएसएल खेल्दैछ । पहिलो सिजन पुर्वबाट विराटनगर सिटी एफसीले एनएसएल खेलेको थियो ।

दोस्रो सिजन झापासँगै स्पोर्टिङ इलाम थपिएपनि विराटनगर सिटीले भने खेलेन । तेस्रो सिजनमा इलामले नाम फिर्ता लिएपछि झापा मात्र पूर्वको क्लबको रुपमा रहेको हो ।

झापा एफसी नेपाल सुपर लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय