४ वैशाख, काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५ विकेटले हराउँदै अंकतालिकामा शीर्षस्थानमा उक्लिएको हो ।
वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा बेंगलुरुले दिएको ९६ रनको लक्ष्य पञ्जाबले १२.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेहाल वधेरा ३३ रनमा अविजित रहे । प्रियान्श आर्याले १६ तथा जोश इङ्लिसले १४ रन बनाए ।
बेंगलुरुका जोश हेजलवूडले ३ ओभरमा १३ रन दिएर ३ विकेट लिएपनि जितका लागि पर्याप्त बन्न सकेन । भुवनेश्वर कुमारले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले १४ ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो । टिम डेभिडले अविजित ५० रन बनाउँदा कप्तान रजत पाटिदारले २७ रन बनाए ।
पञ्जाबका मार्को यानसेन, युजभेन्द्र चहल, अर्शदीप सिंह र हरप्रित ब्रारले २-२ विकेट लिँदा जेभियर बार्टलेटले १ विकेट लिए ।
यस जितपछि ७ खेलमा १० अंक भएको पञ्जाब अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने ७ खेलमा ८ अंक भएको बेंगलुरु चौथो स्थानमा झरेको छ ।
प्रतिक्रिया 4