+

‘मलाई क्यान्सर भएपछि बुबाले बाख्रा बेच्नुभयो’

२०८२ जेठ  ६ गते १७:२३ २०८२ जेठ ६ गते १७:२३
Shares
‘मलाई क्यान्सर भएपछि बुबाले बाख्रा बेच्नुभयो’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य संगठनले २०२२ मा करिब २२ हजार नेपाली क्यान्सरको शिकार र १४ हजार ७०० को मृत्यु भएको जानकारी दिएको छ।
  • क्यान्सर पीडितहरूको कथाले सामाजिक-आर्थिक संकट र उपचारको अभाव देखाउँछन्, जसले परिवारहरूलाई ऋणमा पार्दछ।

‘मलाई क्यान्सर भएको थाहा पाएपछि बुबाले बाख्रा बेच्नुभयो।’

यो वाक्य मैले बर्दियाकी २८ वर्षीया एक युवती मुखबाट सुनेको थिएँ, जो स्तन क्यान्सरबाट पीडित थिइन् । गाउँको सबै सम्पत्ति बेचेर काठमाडौं उपचारका लागि आएकी थिइन्, तर उनको उपचार अधुरै रह्यो।

किन?

औषधि अत्याधिक महँगो थियो। अस्पताल टाढा थियो। सरकारी सहयोग अपर्याप्त थियो ।

क्यान्सर केवल रोग होइन, नेपाली परिवारमाथिको सामाजिक-आर्थिक संकट पनि हो ।

विश्व स्वास्थ्य संगठन – ग्लोबोक्यान २०२२ का अनुसार:-

– हरेक वर्ष करिब २२ हजार नेपाली क्यान्सरको शिकार हुन्छन् ।

– र, १४ हजार ७०० जनाको मृत्यु उपचारको अभावमा त्यही वर्ष हुन्छ ।

यी तथ्यांक पछाडि लुकेका छन् हजारौँ अधुरा कथा:

– निःसन्तान बन्न बाध्य भएका महिला ।

– आमाबुबा गुमाएका बालबालिका ।

– घर बेचेर बिरामी जोगाउने प्रयासमा ऋणको पासोमा परेका परिवारहरू ।

अब समय आएको छ-बाँच्ने अधिकारका लागि सशक्त माग राख्ने ।

क्यान्सरलाई हामीले केवल वैज्ञानिक प्रश्न बनायौँ, तर यो न्यायको प्रश्न पनि हो ।

– किन एक किसानकी छोरीले क्यान्सरको समयमै उपचार पाउँदिनन् ?

– किन क्यान्सर उपचार काठमाडौंलगायत देशका केही ठूला शहरमा मात्र सीमित छ ?

– किन सस्तो जेनेरिक औषधिको अभावमा बिरामीले किमोथेरापी छोडेर घर फर्कनुपर्छ ?

क्यान्सर उपचारमा अनुभव भएको नाताले म भन्न चाहन्छु-हामीसँग समाधान छ र सबै सम्बन्धित निकायले गम्भीरतापूर्वक यो समस्या समाधान गर्न लाग्नुपर्छ ।

समाधानका उपायहरू

१.हरेक प्रदेशमा सु-सज्जित क्यान्सर केन्द्र 

– रेडिएसन, किमोथेरापी र परामर्शसहितको सुविधा ।

– दुर्गम क्षेत्रका बिरामीका लागि स्थानीय तहमा सेवा ।

– टेलिमेडिसिनमार्फत विशेषज्ञ परामर्श सुलभ बनाउने ।

– गाउँबाट आउने बिरामीलाई उपचारसँगै आवास र खानाको व्यवस्था ।

२.नेपालमै क्यान्सर औषधि उत्पादन

– भारत र बंगलादेशले गरिरहेको काम नेपालमा पनि सम्भव छ ।

– कर छुट, प्रविधि सहकार्य र निजी क्षेत्रको सहजीकरणबाट यो सम्भव छ।

३. स्वास्थ्य बीमामा क्यान्सर उपचारको पूर्ण समावेश

– न्यूनतम ५–१० लाख रुपैयाँको कभरेज ।

– विपन्न वर्गका लागि १०० प्रतिशत निःशुल्क उपचार ।

४. स्क्रिनिङ अभियान

– स्तन, पाठेघर, मुख र फोक्सोको क्यान्सरको समयमै पहिचान ।

– हरेक जिल्लामा स्क्रिनिङ सुविधा।

– समुदायस्तरमा सेवा पुर्‍याउन मोबाइल क्लिनिकको व्यवस्था ।

क्यान्सरबारे बोल्ने र बदल्ने समय

–  अब क्यान्सरको अवस्था र व्यवस्थाको बारेमा बोल्ने र बदल्ने समय हो ।

–   क्यान्सरको उपचार हरेक नागरिकको मौलिक अधिकार हो ।

–   यसलाई सस्तो, सुलभ र सम्मानजनक बनाउन हामी सबैको साझा प्रयास चाहिन्छ

–   सरकार, नीति निर्माता, डाक्टर, सञ्चारमाध्यम र तपाईं–हामी नागरिकको पनि ।

क्यान्सर
डा. अरुण शाही
लेखक
डा. अरुण शाही
क्यान्सररोग विशेषज्ञ

डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र महामारी विज्ञानमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर  १०९५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय