+
+
Shares

विदेश जान छोडेर गाउँमै रैथाने खाजा खुवाउने ‘चियाभट्टी’

स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बन्ने, आफ्नै ठाउँ लगानी पनि हुने भन्दै हेटौंडाका सृजन बास्तोलाले चियाभट्टी सञ्चालनमा ल्याएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सृजन बास्तोलाले गाउँमै व्यवसाय सुरु गरी स्वरोजगार र आत्मनिर्भरता प्रवर्द्धन गर्न थालेकी छन् ।
  • उनले गुम्बाडाँडामा ‘चियाभट्टी’ खोल्न १५ लाख रुपैयाँको पूर्वाधार निर्माण गरेकी हुन् ।
  • बास्तोलाले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएर विद्यालयलाई छात्रवृत्ति दिने योजना बनाएकी छन् ।

६ जेठ, काठमाडौं । मकवानपुर हेटौंडा उपमहानगरपालिका–१८ का सृजन बास्तोला केही समय अगाडिसम्म विदेश जाने सोच्थे ।

आफूसरह अधिकांश साथी विदेश गएको देख्दा उनलाई पनि त्यो रहर नजागेको होइन । काठमाडौंका विभिन्न होटलमा काम गरेका उनको हातमा सिप त थियो, तर विदेश जान प्रयास गर्दा असफल भइरहे ।

त्यसपछि उनको मन फेरियो, गाउँमै केही गर्नुपर्छ भन्ने सोचे । अरूले भन्दा केही फरक गर्नुपर्ने उनको विचार थियो ।

कुनै समय तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नै आएर उद्घाटन गरेको अन्तर्राष्ट्रिय मूर्ति सम्मेलन भएको गुम्बाडाँडा (मूर्ति बगैँचा) वरिपरि राम्रो खाजा, नास्ता खाने रेस्टुरेन्ट नभएको उनलाई थाहा थियो ।

डेढ कठ्ठा जग्गामा करिब १५ लाख रुपैयाँको पूर्वाधार बनाएर उनले व्यवसाय सुरु गरेका छन् । चियाभट्टीले पर्यटक तथा आसपासका स्थानीयलाई विशेष स्वादको अनुभूति प्रदान गर्ने उनले बताए ।

उनले उक्त कुरालाई अवसरका रूपमा हेरे । अनि, पर्यटकीय स्थल गुम्बाडाँडामा खोले ‘चियाभट्टी’ । स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बन्ने, आफ्नै ठाउँ लगानी पनि हुने भन्दै उनले चियाभट्टी सञ्चालनमा ल्याएका छन् ।

डेढ कठ्ठा जग्गामा करिब १५ लाख रुपैयाँको पूर्वाधार बनाएर उनले व्यवसाय सुरु गरेका छन् । चियाभट्टीले पर्यटक तथा आसपासका स्थानीयलाई विशेष स्वादको अनुभूति प्रदान गर्ने उनले बताए ।

‘मैले यहाँ आउने हरेक पाहुनाले घरजस्तै आत्मीयता अनुभव गर्नुहुन्छ भन्ने चाहेको छु,’ बास्तोलाले भने ।

उनको चियाभट्टीमा विभिन्न प्रकारका चिया, खाजा र नास्ता पाइन्छ । स्थानीय परिकार समेटेर तयार पारिएको मेनुमा आगन्तुकले घरैमा बनाए जस्तो स्वादको आनन्द लिन पाउँछन् ।

बास्तोलाको चियाभट्टीले आर्थिक मुनाफासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको छ । बास्तोलाले चियाभट्टीमा राखेको डोनेसन बक्समा जम्मा भएको रकमबाट स्थानीय सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएका छन् । ‘व्यवसायसँगै समाजप्रतिको जिम्मेवारी पनि निभाउन चाहन्छु,’ बास्तोलाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?