News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल कबड्डी संघले प्रो कबड्डीको नयाँ सिजनको अक्सनका लागि नेपालबाट ४ खेलाडीको नाम सिफारिस गरेको छ ।
- कप्तान घनश्याम रोकामगर, गणेश कार्की, सुशिल चुनारा र रामु टमाटाको नाम सिफारिस भएका छन् ।
- घनश्यामले ११औं संस्करणमा हरियाणा स्टिलर्सबाट खेल्दै उपाधि जितेका थिए ।
७ जेठ, काठमाडौं । विश्वकै चर्चित कबड्डी लिग प्रो कबड्डीको १२औं सिजनको अक्सनका लागि नेपालबाट कप्तान घनश्याम रोकामगरसहित चार खेलाडीको नाम सिफारिस गरिएको छ ।
अखिल नेपाल कबड्डी संघले कप्तान घनश्यासहित नेपालबाट ४ खेलाडीको नाम अक्सनका लागि सिफारिस गरिएको जनाएको छ ।
जसमा घनश्यामसहित गणेश कार्की, सुशिल चुनारा र रामु टमाटा छन् । अक्सन मे ३१-जुन १ मा मुम्बईमा हुनेछ ।
घनश्यामले ११औं संस्करणमा हरियाणा स्टिलर्सबाट प्रो कबड्डी खेलेका थिए । जसमा उनी सम्मिलित टिम च्याम्पियन बनेको थियो ।
११औं संस्करणका लागि नेपालबाट अक्सनमा घनश्यामसहित गणेश, रामु र लामलमोहरको नाम सिफारिस भएको थियो । घनश्यामलाई अरियाणाले अक्सनअघि नै रिटेन गर्दा बाँकि तीन खेलाडी अक्सनमा समावेश भएका थिए ।
पछिल्लो समय नेपालमा कबड्डी खेलको चर्चा बढ्न थालेको छ । केही समयअघि नेपालमै नेपाल कबड्डी लिग (एनकेएल) आयोजना भएको थियो । यस्तै नेपालको पुरुष र महिला टोलीले पनि अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न थालेका छन् । महिला टिमले १९औै एसियन गेम्स र एसियन कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितिसकेको छ । यस्तै पुरुष टिमले बंगलादेशमा भएको बंगबन्धु कबड्डी प्रतियोगितामा रजत पदक जितेको थियो ।
प्रतिक्रिया 4