+
+
Shares

चेम्बर टोलीले भेट्यो नवनियुक्त गभर्नर पौडेल

चेम्बरका कार्यवाहक अध्यक्ष मल्होत्राले मुलुकको आर्थिक र वित्तीय प्रणाली चलायमान बनाउन नवनियुक्त गभर्नर पौडेलको भूमिका महत्त्वपूर्ण हुने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्स प्रतिनिधि टोलीले नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई भेटेर बधाई एवं शुभकामना दिएको छ ।
  • चेम्बरले मुलुकको आर्थिक नीति र वित्तीय सुधारमा गभर्नरको भूमिकालाई महत्त्वपूर्ण बताएको छ।
  • संकुचित मौद्रिक नीतिका कारण भएको आर्थिक शिथिलता र कर्जा प्रवाहको समस्या समाधान गर्न चेम्बरले सुझाव दिएको छ।

९ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई सफल कार्यकालका लागि बधाई एवं शुभकामना दिएको छ ।

चेम्बर कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्रा सहितको पदाधिकारी टोलीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा गभर्नर पौडेललाई बधाई एवं शुभकामना दिएको हो ।

‘वित्तीय, तथा आर्थिक क्षेत्रका ज्ञाता एवं अनुभवी व्यक्तित्वका रूपमा यहाँले मुलुकको आर्थिक नीति निर्माण, वित्तीय सुशासन प्रवद्र्धनमा पुर्‍याएको योगदान उल्लेखनीये छ । राष्ट्र बैंकको गभर्नर पदमा तपाईंको नियुक्ति वित्तीय क्षेत्रमा दीर्घकालीन सुधार र स्थायित्व कायम गर्नेतर्फको एक महत्त्वपूर्ण कदमका रूपमा हामीले लिएका छौं,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा छ ।

मुलुकको समग्र आर्थिक विकास, मुद्रास्फीति नियन्त्रण, विदेशी मुद्रा सञ्चिति सुदृढीकरण, वित्तीय पहुँच विस्तार तथा वित्तीय समावेशीता जस्ता राष्ट्रिय प्राथमिकता भएका विषयमा रणनीतिक योजना सहित काम गर्नसमेत चेम्बरले गभर्नर पौडेललाई सुझाव दिएको छ ।

चेम्बरका कार्यवाहक अध्यक्ष मल्होत्राले मुलुकको आर्थिक र वित्तीय प्रणाली चलायमान बनाउन नवनियुक्त गभर्नर पौडेलको भूमिका महत्त्वपूर्ण हुने बताए ।

‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकको भूमिका अझ महत्त्वपूर्ण हुने विश्वास हामीले लिएका छौं,’ उनले भने ।

अर्थतन्त्र चलायमान गराउने चुनौती कायमै रहेको सन्दर्भमा आगामी बजेट र मौद्रिक नीतिबीचको तालमेल मार्फत अर्थतन्त्रलाई निकासा दिनुपर्ने मल्होत्राले बताए ।

राष्ट्र बैंकले डिजिटल वित्तीय प्रणाली प्रवर्द्धन, सूक्ष्म, साना तथा मझौला उद्यमको वित्तीय पहुँचमा सुधार, तथा समावेशी वित्तीय नीति विकासमा अग्रगामी भूमिका निर्वाह गर्ने अपेक्षा रहेको चेम्बरले उल्लेख गरेको छ ।

राष्ट्र बैंकको भूमिका सुदृढीकरण गरी समन्वयकारी भूमिकामा केन्द्रिकृत गरिनुपर्ने मल्होत्राले बताए ।

करिब ४ वर्षदेखि केन्द्रीय बैंकको संकुचित नीतिका कारण विद्यमान आर्थिक शिथिलता र त्यसबाट निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको भन्दै चेम्बरले उद्यमी–व्यवसायीमा आत्मविश्वास वृद्धि गरेर संकुचित कर्जा प्रवाह वृद्धि गराउनुपर्ने जोड दिएको छ । चालु पूँजी कर्जा निर्देशिका खारेज गर्नसमेत चेम्बरले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?