News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले कर्णाली प्रदेशको सुर्खेतमा यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ।
- प्रतियोगिता जेठ १९ देखि ३१ गतेसम्म हुनेछ ।
- खेलहरू कालुनचोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा आयोजना गरिनेछन्।
१४ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा राष्ट्रिय यू-१६ क्रिकेट प्रतियोगिता जेठ १९ गतेदेखि सुरु हुने भएको छ ।
जेठ १९ गतेदेखि ३१ गतेसम्म हुने प्रतियोगितामा ७ प्रदेशका ७ टिम सहभागी हुनेछन् । खेलहरू कालुनचोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा खेलाइने छ ।
क्यानको वार्षिक क्यालेन्डरमा समावेश भएबमोजिम यू-१६ क्रिकेट हुन लागेको हो ।
उद्घाटन खेलमा १९ गते कालुनचोक मैदानमा कर्णाली प्रदेश र मधेश प्रदेश खेल्ने छन् भने विरेन्द्रनगरमा सुदूरपश्चिम र कोशी खेल्ने छन् ।
सिंगल राउण्ड रोविनपछि शीर्ष दुई टोलीका बीचमा फाइनल खेल हुनेछ ।
प्रतिक्रिया 4