+
+
Shares

अखिलको सबै कमिटीमा ३२ वर्षे उमेर हद लागु हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १४:०७

१६ जेठ, काठमाडौं । अनेरास्ववियुको सबै तहका कमिटीमा ३२ वर्षे उमेर हद लागू हुने भएको छ । गत ११ जेठमा बसेको नेकपा एमाले सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हदबारे निर्णय गरेको थियो ।

महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न विद्यार्थी इन्चार्ज किशोरबिक्रम मल्ललाई पत्र पठाएका छन् । उक्त पत्र बमोजिम यसै महिना हुने अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनबाटै उमेर हदको व्यवस्था लागू हुनेछ ।

‘यस सन्दर्भमा ३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरु मात्र विधानको व्यवस्था अनुरुप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने,’ पत्रमा भनिएको छ, ‘यस सम्बन्धी व्यवस्था संगठनका सबै तहका कमिटीहरूमा लागू हुने गरी विधानमा आवश्यक व्यवस्था मिलाउने ।’

उमेर हद लागू गर्ने एमाले निर्णयपछि हालका उपाध्यक्षहरु धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी नेतृत्व होडबाट बाहिरिएका छन् ।

महासचिव नरेश रोकाया अध्यक्ष पदका सशक्त दाबेदार थिए । उनी पनि उमेर हदका कारण अखिलबाट बिदा हुने भएका छन् । सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी र विनिता काफ्ले पनि उमेर हदकै कारण संगठनबाट बारिनेछन् ।

अब ३२ वर्ष उमेर नकटेका सचिवहरू दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटीले नेतृत्व दाबी गर्ने सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?