
प्रतीकात्मक तस्वीर ।
News Summary
Generated by OK AI. Editorially reviewed.- हनी ट्रयाप आरोपमा पक्राउ परेकी तारा गुरुङलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ।
- उनीविरुद्ध ९२ लाख ४६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको थियो।
- उनले आरोपलाई अस्वीकार गर्दै पीडितसँग लिभिङ टुगेदरमा रहेको र रकम असुली नगरेको दावी गरेकी छन्।
२१ जेठ, काठमाडौं । हनी ट्र्याप आरोपमा पक्राउ परेकी तारा गुरुङ ५० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छिन् ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसपछि उनी धरौटी बुझाएर रिहा भएकी हुन् ।
उनलाई २० वैशाखमा प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) को कसुरमा ९२ लाख ४६ हजार २९० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको थियो ।
करिब साढे ३ वर्षअघि दोहोरी साँझमा भेटिएका एक युवकलाई हनी ट्रयापमा पारेर रकम असुलेको आरोप उनीमाथि छ । उनले भने पीडित भनिएका युवकसँग लिभिङ टुगेदरमा रहेको बताएकी थिइन् । र, हनी ट्र्यापमा पारेर रकम असुली नगरेको दाबी गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4