+
+
Shares

वाईसीएलको नेतृत्वमा अझै जुटेन सहमति, चौथो पटक निर्वाचन तालिका संशोधन

उपमहासचिव बस्नेत, वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, संगठन अध्यक्ष सुबोध शेर्पाली सहमति खोज्न बैठक बसिरहेको वाईसीएलका अध्यक्ष शेर्पालीले जानकारी गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माआवादी केन्द्रले वाईसीएलको नयाँ नेतृत्वमा सहमति जुटाउन प्रयास गरिरहेको छ।
  • सहमति नभएपछि निर्वाचन कार्यतालिका चौथो पटक संशोधन गरिएको छ।
  • उम्मेदवारको अन्तिम नामावली बेलुकी ९ बजे तय भए पनि मतदानको समय स्पष्ट छैन।

२३ जेठ, काठमाडौं । नेकपा माआवादी केन्द्रले योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्वमा सहमति जुट्न नसक्दा चौथोपटक पनि निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा छैंठो दिनसम्म लम्बिएको हो ।

बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको छ ।

पछिल्ला तीनदिनदेखि सहमति नेतृत्व ल्याउनका लागि प्रयास भइरहेपनि चयन हुन भने सकेको छैन ।

सहमति खोज्नका लागि निर्वाचन आयोगले चारपटकसम्म निर्वाचनका कार्यतालिका संशोधन गरेको छ ।

वाईसीएलको नयाँ नेतृत्वमा सहमति जुटाउन पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ ।

उपमहासचिव बस्नेत, वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, संगठन अध्यक्ष सुबोध शेर्पाली सहमति खोज्न बैठक बसिरहेको वाईसीएलका अध्यक्ष शेर्पालीले जानकारी गराए ।

आकांक्षीहरुसँग पार्टी उपमहासचिव बस्नेत र संगठनका इञ्चार्ज दीपशिखाले संवाद गरिरहेका छन् । पार्टी सचिवालय बैठकले सर्वसम्मतबाट नेतृत्व ल्याउन सुझाव दिएको थियो ।

वाईसीएल नेताहरुका अनुसार अध्यक्षका आकांक्षी १३ जनाबाट घटेर ३ मा आइपुगेको छ ।

तीन जनामा एकले अर्कोलाई छोड्न तयार नहुँदा सहमति जुट्न नसकेको संगठनका एक नेताले जानकारी गराए ।

संगठन स्रोतका अनुसार केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामी वीचमा सहमति जुटाउने प्रयास भइरहेको छ । कुँवर वर्तमान समितिमा उपाध्यक्ष, ओली उपमहासचिव छन् भने पुलामी सचिव हुन् ।

पछिल्लो पटक कुँवर र ओलीबीच प्रतिस्पर्धाको सम्भावना बढेको छ । नेताहरूका अनुसार पुलामी पनि सहमतिमा नेतृत्व चयन गर्नुपर्ने लाइनमा उभिएका छन् ।

अध्यक्षको नाममा सहमति जुटेपछि अन्य पदमा समस्या नहुने संगठनका नेताहरूले बताएका छन् ।

उम्मेदवारको अन्तिम नामावलीको समय बेलुकी ९ बजेका लागि तय गरिएको छ ।

मतदानको समय भने कार्यतालिकामा राखिएको छैन । निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गर्दा मतदानको समय ‘तत्कालीन अवस्था अनुसार’ हुने सूचना निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?