
News Summary
Generated by OK AI. Editorially reviewed.- सडक विभागले फिदिम–ताप्लेजुङ सडक खण्डको पुल भाँचिएको घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गर्यो।
- समितिले ७ दिनभित्र कारण पत्ता लगाउने र यातायात सञ्चालनको सुझाव दिनेछ।
- मन्त्री देवेन्द्र दाहालले घटनामा दुःख व्यक्त गर्दै घाइतेको उपचारमा ध्यान दिन निर्देशन दिए।.
१ असार, काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम-४ र हिलिहाङ-७ जोड्ने हेवाखोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्री स्तरीय निर्णयमार्फत ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् ।
सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य छन् ।
समितिलाई पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थाई रुपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरि ७ दिन भित्र प्रतिवेदन पेस गर्ने कार्यभार दिईएको छ ।
समितिले आईतबार देखिनै काम शुरु गरि सकेको छ ।
मन्त्री दाहालले अप्रत्यासित घटना भएको भन्दै दुःख व्यक्त गरेका छन् । मजदुरहरुको ज्यान गएको प्रति गहिरो समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
उनले उपचारात घाईतेको उपचारमा कुनै कमि हुन नदिने गरि व्यवस्था मिलाउन मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. बिजय जैसीलाई निर्देशन समेत दिए ।
प्रतिक्रिया 4