+
+
Shares

संसद् छिर्‍यो आँधिखोला कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १४:२७

४ असार, काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष वडाध्यक्ष सुनिल खनालले रास्वपा नेताद्वय मेघ आले र दिनकर नेपालमाथि गरेको आक्रमणको विषयले संसद्मा पनि प्रवेश पाएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद हरि ढकालले आफ्नो पार्टीका केन्द्रीय नेताहरूमाथि सांघतिक आक्रमण भएको भन्दै आपत्ति जनाए ।

‘नदी बचाउ अभियानका हाम्रा केन्द्रीय नेता मेघ आले र दिनकर नेपालमाथि वालिङ नगरपालिका–१० का वडाध्यक्षले सांघतिक आक्रमण गरेका छन्,’ सांसद ढकालले भने ।

गत ३ असारमा खनालले आँधिखोला नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका आले र नेपाललाई वालिङ–९, सुर्कौदीमा रड प्रहार भएको थियो ।

उक्त घटनामा आपत्ति जनाउँदै उनले ‘आँधिखोलामा भएको दोहनविरुद्ध बोल्दा हाम्रा नेतामाथि आक्रमण हुन्छ । २३ दिनदेखि भुइँमान्छेको आवाज र मानव तस्करहरूविरुद्ध हामीले आन्दोलन गर्दैगर्दा सरकार सुन्दैन ।’

उनले यस्ता गतिविधितर्फ संकेत गर्दै प्रश्न गरेका छन्, ‘यो कुन किसिमको सुशासन चल्दैछ ? यो कुन किसिमको सुशासनको भाषण चल्दैछ यहाँ ?’

आफूहरूले कतारमा उद्धारका लागि आह्वान गरिरहेकी चेलीको आवाज बोलिरहेको उनले जिकिर गरे ।

‘भिजिट भिसाको नाममा लाखौंलाख नेपाली ठगिएको विषयमा आन्दोलित हुँदैगर्दा सरकार किन नजरअन्दाज गर्दैछ ? गृहमन्त्रीले भुइँमान्छेको आवाजमाथि कटाक्ष गर्नुभयो । विमानस्थलबाट मानव बेचबिखन ब्यूरो किन हटाइयो ?,’ ढकालको प्रश्न छ ।

सोही कुटपिटको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

स्याङ्जाका एसपी दधीराम न्यौपानेका अनुसार, मंगलबारको कुटपिटमा संलग्न भएको आरोपमा साजन पंगनीलाई पक्राउ गरिएको हो । अन्य आठ जनाविरुद्ध जाहेरी परेको उनले बताए ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष खनाल घटनापछि सम्पर्कविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?