+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विदेशबाट फर्केर उद्यम गर्नेलाई सरकारको पुरस्कार

प्रत्येक प्रदेशको प्रतिनिधित्व रहने गरी ७ जनालाई ‘उद्यमी राष्ट्रिय पुरस्कार’ स्वरूप नगद ७५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केका उद्यमीलाई पुरस्कृत गरेको छ।
  • कार्यक्रममा ७ उद्यमीलाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको हो।
  • उद्यमी छनोट मूल्यांकन सूचकहरूमा रोजगार सिर्जना, पूँजी लगानी, उत्पादन, सामाजिक दायित्व, वातावरणमैत्री प्रविधि र भौगोलिक क्षेत्र समावेश थिए।

१७ असार, काठमाडौं । वैदेशिक रोजगारबाट नेपाल फर्की उद्यम गरेका उद्यमीलाई सरकारले पुरस्कृत गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम ‘वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीका लागि राष्ट्रिय पुरस्कार’ बाट उनीहरूलाई पुरस्कृत गरिएको हो ।

वैदेशिक रोजगारीमा गई पुन: स्वदेश फर्की वैदेशिक रोजगारीबाट आर्जित ज्ञान, सिप, अनुभव र पूँजीलाई उद्यमशीलता र रोजगारीका क्षेत्रमा अधिकारिक उपयोग गर्दै समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्‍याउन थप जागरुक एवं प्रेरणा मिलोस् भन्ने मूल अभिप्राय लिइएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा प्रत्येक प्रदेशको प्रतिनिधित्व रहने गरी ७ जनालाई ‘उद्यमी राष्ट्रिय पुरस्कार’ स्वरूप नगद ७५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

जसअन्तर्गत आमा कृषि फर्म उर्लाबारी मोरङका राजीव खड्का, निम्तो एग्रो फार्म जितपुर बाराका शंकर सिम्खडा, बैतेश्वर रेस्ट एस्ड क्याटरिङ सर्भिस बैतेश्वर दोलखाका कुमार श्रेष्ठ, बसन्त पोल्ट्री फार्म भानु तनहुँका बसन्तबहादुर खड्का, न्यु सन्ध्या होटल एन्ड रेस्टुरेन्ट र सासु बुहारी कृषि तथा पशुपालन फर्म अर्घाखाँचीका शोभाखर पौडेल, देउती होजियारी उद्योग एन्ड ट्रेडिङ सेन्टर वीरेन्द्रनगर सुर्खेतका लक्ष्मीप्रसाद ढकाल र कैलापाल बहुउद्देश्यीय कृषि फर्म पाटन बैतडीका तर्कसिंह विष्टले पुरस्कार तथा सम्मानपत्र प्राप्त गरेका हुन् ।

देशभरिबाट उत्कृष्ट उद्यमीका रूपमा भूमिका सिपमूलक तालिम केन्द्र दमक झापाका  रविन पोख्रेललाई ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’ स्वरूप नगद १ लाख ५० हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पुरस्कृत तथा सम्मानित उद्यमी छनोट गर्दा ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ ले तोकेबमोजिम रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधि प्रयोग, उत्पादन निर्यात गरे/नगरेको, सामाजिक दायित्व बहन गरे/नगरेको, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको भौगोलिक क्षेत्र गरी जम्मा ७ वटा मूल्यांकन सूचकलाई आधार लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?