+
+
Shares

रसुवा बाढी : २०० मेगावाट विद्युत् उत्पादन बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते ९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत प्राधिकरणका २०० मेगावाट विद्युत उत्पादन बन्द भएको छ।
  • प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाँध र पुलमा क्षति पुगेको बताए।
  • आयोजनाका अन्य भागहरूमा क्षति भए तापनि विद्युत उत्पादन भने बन्द भएको छ।

२४ असार, काठमाडौं । रसुवामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ ।

त्यस्तै सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्केका कारण आवतजावत बन्द छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि गेग्रान थुप्रिएको छ । यसको पावरहाउसमा भने क्षति नभएको उनले बताए ।

त्यस्तै ६० मेगावाट क्षमताको  त्रिशूली ३ ए आयोजनामा भएको क्षतिको विवरण आएको छैन । तर भवनमा बाढी पसेको छ । त्रिशूली ३ बी सबस्टेसनलाई हिलोले छोपेको जानकारी उनले दिए । आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।

त्यस्तै चिलिमेको पावरहाउसमा पानी छरे पनि क्षति भने नपुगेको उनले बताए । त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको उनले जानकारी उनले दिए ।

यिनै आयोजनाको उत्पादन बन्द भएकाले त्रिशूली करिडोरमा रहेका प्राधिकरणका आयोजनाको कुल २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको शाक्यले बताए ।

रसुवा बाढी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?