+
+
Shares

मन्त्रिपरिषद् बैठकमा घुस डिल गर्ने मन्त्री गुप्ताबारे कुरै उठेन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते २१:१५

३० असार, काठमाडौं । घुस संवाद सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताबारे छलफल नै नगरी सोमबारको मन्त्रिपरिषद् बैठक सकिएको छ ।

‘मन्त्रिपरिषद् बैठक बस्यो तर उहाँबारे कसैले कुरा उठाउनुभएन, एजेन्डा नभएपछि छलफल हुने कुरा भएन’, एक मन्त्रीले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तासँग आजै बिहान बालुवाटार बोलाएर छलफल गरेका थिए ।

उच्च स्रोतका अनुसार उनलाई राजीनामा गराउने तयारी पनि भएको थियो ।

तर, साँझ बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ता सहभागी भए पनि उनीमाथि छलफल नभएको ती मन्त्रीले बताए ।

ok18_read_this post_id=”1722371″]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?