News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणका खेलहरू त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा रातिमा खेलिने भएका छन्।
- नेपाल क्रिकेट संघले नोभेम्बर-डिसेम्बरमा हुने एनपीएलका लागि अगस्टमा मिनी अक्सन गर्ने तालिका तय गरेको छ।
- त्रिवि क्रिकेट मैदानमा १५ हजार क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडानको स्तरोन्नति भइरहेको छ र म्याद थप गरिएको छ।
७ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका खेलहरू रातिमा पनि खेलिने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्ससँगको पोडकास्टमा एनपीएल त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा खेलिने कुरा गरेका थिए ।
उक्त कुरालाई क्यानले पनि पुष्टि गरेको हो । ‘अब अहिले त्रिवि क्रिकेट मैदान बनिरहेको छ, समयमै काम सम्पन्न भएर खेल सञ्चालन गर्न मिल्ने अवस्था भएपछि फ्लडलाइटमा खेल खेलाउने योजना नै हो’ क्यानका प्रवक्ता छुम्बी लामाले अनलाइनखबरसँग भने ।
एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर-डिसेम्बरमा गर्ने तय छ भने त्यसका लागि मिनी अक्सन पनि अगस्टमा गर्ने तालिका छ ।
अक्सनका लागि खेलाडी दर्ता गर्ने समय पनि गएरातिदेखि सकिएको छ । अब खेलाडीहरूको अन्तिम सूची केही दिनमै सार्वजनिक हुने र अक्सनको मिति तोकिने लामाको भनाइ छ ।
काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हाल स्तरोन्नतिको काम भइरहेको छ । पहिलो चरणमा १५ हजार क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान कार्य भइरहेको छ ।
तोकिएको समय (असार मसान्त)मा काम नसकिएपछि निर्माण कम्पनीलाई हर्जना तिराएर म्याद थप गरी काम भइरहेको छ ।
प्रतिक्रिया 4