
News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट बेपत्ता उर्मिला हायूको परिवारप्रति अनर्गल टिप्पणी बढेपछि हायू समाज नेपालले आपत्ति जनाएको छ।
- हायू समाज नेपालले सरकारबाट प्राप्त भत्ता लिएपछि ऋण तिर्नुपर्ने भयले भागेको भन्ने हचुवाका टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरेको छ।
- समाजले पीडित परिवारको पुनःस्थापनाका लागि स्थानीय, प्रादेशिक तथा केन्द्रीय सरकारसँग आवश्यक सहयोग माग गरेको छ।
१३ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट बेपत्ता भएर पोखरामा भेटिएका उर्मिला हायूको परिवारप्रति अनर्गल टिप्पणी भइरहेको भन्दै हायू समाजले आपत्ति जनाएको छ ।
उर्मिला हायूको परिवार बेपत्ता भएको विषयलाई लिएर अनेक समाचारका विषयलाई लिएर अने सामाजिक सञ्जालमा खिसिट्युरी गर्ने किसिमका टिप्पणीहरु बढ्न थालेपछि हायू समाज नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।
कतिपय सामग्रीमा उनीहरुले सरकारबाट प्राप्त भत्ता लिएपछि ऋण तिर्नुपर्ने भयले भागेको, अरुलाई सास्ती दिएको जस्ता हचुवाका भरमा टिप्पणीहरु भएको भन्दै हायू समाज नेपालले असन्तुष्टि व्यक्त गरेको छ ।
परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित उनीहरुको स्वेच्छिक निर्णयलाई गलत प्रचार गरिएको भन्दै समाजले आपत्ति जनाएको छ ।
‘हाम्रो हायू समुदाय आफ्नो श्रम, इमानदारिता र आत्मसम्मानमा जीवनयापन गरी आएको आदिवासी समुदाय हो । यस्तो आधारविहीन र हचुवा प्रचार–प्रसारले केवल यो परिवारजनलाई हैरानी मात्र होइन, समग्र समुदायको भावना र सम्मानमाथि प्रहार भएको अनुभूति हामीले गरेका छौं’, हायू समाज नेपालका अध्यक्ष लक्ष्मण हायूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै हायू समाज नेपालले तथ्यमा आधारित रहेर मात्रै समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ ।
हायू समुदायप्रति सम्मानजनक भाषा र भावना राख्न अपिल गर्दै हायू समाज नेपालले पीडित परिवारको पुन:स्थापनाको लागि स्थानीय, प्रादेशिक तथा केन्द्रीय सरकारसँग आवश्यक सहयोग माग गरेको छ ।
प्रतिक्रिया 4