+

चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अली नियुक्त

२०८२ साउन  १७ गते १८:५९ २०८२ साउन १७ गते १८:५९
चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अली नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि चितवन राइनोजले कलाम अलीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
  • कलाम अलीले पञ्चकन्या काठमाडौं किङ्स इलाभेन र नेपाल \'ए\' टोलीको सहायक प्रशिक्षकको रूपमा काम गरिसकेका छन्।
  • चितवन राइनोजले नयाँ लोगो सार्वजनिक गर्दै अघिल्लो सिजनका ६ खेलाडी रिटेन गरेको छ र मिनी अक्सन आगामी शनिबार हुँदैछ।

१७ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम चितवन राइनोजले एनपीएलको दोस्रो सिजनका लागि कलाम अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

राइनोजले शनिबार सामाजिक सञ्जालमार्फत अलीलाई प्रशिक्षकमा नियुक्तिको घोषणा गरेको हो । अली नेपाली राष्ट्रिय टोलीका पूर्वक्रिकेटर हुन् भने विभिन्न टोलीहरूका लागि यसअघि पनि प्रशिक्षक रहिसकेका छन् ।

अलीले एभरेष्ट प्रिमियर लिगमा पञ्चकन्या तेज र काठमाडौं किङ्स इलाभेनको प्रशिक्षकको रूपमा काम गरेका थिए भने नेपाल ‘ए’ टोलीको सहायक प्रशिक्षक पनि रहिसकेका छन् ।

त्यस्तै बागमती प्रदेशको टोली तथा महिला यू-२० टोलीको पनि प्रशिक्षक रहिसकेका छन् ।

चितवनले दोस्रो सिजनका लागि नयाँ लोगो पनि सार्वजनिक गरेको छ भने अघिल्लो सिजनका मार्की कुशल मल्लसहित ६ खेलाडी रिटेन पनि गरेको छ ।

एनपीएलको मिनी अक्सन आगामी शनिबार हुँदै छ ।

चितवन राइनोज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय