+
+
Shares

एसपी नवीनकृष्ण भण्डारीले किन दिए अनिवार्य अवकाशको ३ दिनअघि राजीनामा ?

प्रहरी जवानबाट सेवा प्रवेश गरेका उनी प्रहरी नियमावलीको ३० वर्षे सेवा अवधिका कारण २१ साउनमा अनिवार्य अवकाश जाँदै थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी उपरीक्षक नवीनकृष्ण भण्डारीले २१ साउनमा अनिवार्य अवकाश जानुपर्ने अवस्थामा १८ साउनमा राजीनामा दिएका छन्।
  • नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले भण्डारीले घरायसी कारण देखाएर राजीनामा दिएको बताए।

२२ साउन, काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले अनिवार्य अवकाशको तीन दिन अघि राजीनामा दिएको पाइएको छ ।

३० वर्षे सेवा अवधिका कारण २१ साउनमा अनिवार्य अवकाशमा जान लागेका भण्डारीले त्यसको तीन दिनअघि १८ साउनमै राजीनामा दिएका हुन् । प्रहरी जवानबाट सेवा प्रवेश गरेका उनी प्रहरी नियमावलीको ३० वर्षे सेवा अवधिका कारण २१ साउनमा अनिवार्य अवकाश जाँदै थिए ।

तर त्यसको तीन दिनअघि उनले राजीनामा दिएको पाइएको हो । ‘अनिवार्य अवकाशको तीन दिनअघि नै उहाँले घरायसी कारण  देखाउँदै राजीनामा दिनु भएको रहेछ,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले भने ।

घरायसी कारण देखाएर राजीनामा दिए पनि जम्मा तीन दिनअघि राजीनामा दिनुले प्रश्न उब्जाएको छ । स्रोतका अनुसार उनी विदेश जान लागेको बताइएको छ । अवकाशमा जानु अघि नै विदेश जाने टिकट समेत तयार भइसकेकाले राजीनामा दिएको हुनसक्ने आशंका गरिएको छ ।

उनै भण्डारीले राजीनामा दिएपछि खालीको ठाउँमा डीएसपी वीरेन्द्र थापाको बढुवा सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?